दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

भक्तपुर : भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

गाडी सडकबाट करिब पाँच मिटर तल खस्दा चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। घाइते भएका गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७ बागेश्वरी बस्दै आएका २० वर्षीय प्रदीप राउतको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यसैगरी गएराति मध्यपुरथिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ त ८६८ नंको ट्र्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको मोटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

 
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार रामेछाप सुनापती गाउँपालिका–३ का २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप सुनापती गाउँपालिका–३ का २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ।

घटनामा उदयपुर कटारी घर भई  जडीबुटी बस्दै आएका ३१ वर्षीय रबिन खत्रीलाई महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ। फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। - रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.