सडक डिभिजन र वडा कार्यालयको विवादले महिनौं उठेन फोहोर

सडक डिभिजन र वडा कार्यालयको विवादले महिनौं उठेन फोहोर

ललितपुर : सडकमा थुप्रिएको फोहोर कस्ले उठाउने भनेर सडक डिभिजन कार्यालय ललितपुर र वडा कार्यालयबीच दोहोरी चलेको छ। सडक सफा गर्दा संकलन हुने फोहोर लामो समयदेखि नउठाइ थुपारिएकाले फुटपाथ अवरुद्ध भएको छ। फोहोरले दुर्गन्ध र प्रदूषणसमेत बढेको छ।

गत साउन १३ गते ललितपुर महानगरपालिकाको वडा नम्बर १५ ले आफ्ना क्षेत्रका सडकमा बढारेको फोहोर थुपारेको भन्दै ललितपुरस्थित सडक डिभिजन कार्यालयमा पत्र पठाएको थियो। वडा नम्बर १५ का अध्यक्ष सुदर्शन मिश्रले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुरूप परिपत्र गरिएको जानकारी दिए।

‘पटकपटक सफा गरिदिन आग्रह गर्दा पनि फोहोर नउठाएपछि बाध्य भएर बोल्नु परेको हो,’ मिश्रले भने, ‘स्थानीय सरकारको अधिकार बमोजिम पत्राचार गरेको हुँ।’ फोहोर नउठाए स्थानीय सरकार सञ्चालन ऐन अनुसार सडक डिभिजन कार्यालयलाई कानुनी दायरामा ल्याउने वडाध्यक्ष उनले बताए।

वडा नम्बर १५ भित्रका सातदोबाटो–गोदावरी, सातदोबाटो–धापाखेल, जेम्स स्कुल–सुमेरु अस्पताल सडकमा फोहोर थुपारिएको छ। सडकमा थुपारिएको फोहोरमा घाँससमेत उम्रिएको छ।

डिभिजन सडक कार्यालयका प्रमुख अमृतमणि रिमालले सडकमा अरूले थुपारेको फोहोर उठाउने काम आफ्नो कार्यालयको नभएको बताए। ती सडकमा डिभिजन कार्यालयले फोहोर थुपारेको नभइ अरूले नै ल्याएर राखेको उनले प्रष्ट्याए। रिमालले भने, ‘सडक सफा गर्दा निस्किएका फोहोर मात्र हामी उठाउँछौ, अरू फोहोर उठाउने काम महानगरपालिकाको हो।’ पेटीमा थुपारिएको फोहोर एक पटकका लागि मात्र उठाइदिने बताउँदै अरू बेला भने महानगरले नै उठाउनुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.