कालिगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
मुस्ताङ : तापक्रम वृद्धिसँगै मुस्ताङहुँदै बहने कालिगण्डकी नदीको बहाव उच्च भएको छ। हिमालको हिउँ पग्लिने क्रम बढेकाले कालिगण्डकी नदीको बहाव उच्च भएको हो। यो वर्ष उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङ कतै पानी परेको छैन।मौसम ढुम्म छ। जमिन तातिएको छ। तर पानी नपरेपनि मुस्ताङमा कालिगण्डकी सतह उर्लिएको छ।
सदरमुकाम जोमसोम बजारको मध्य भागहुँदै बग्ने कालिगण्डकी नदीको बिहीबार अनुमगन गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कालिगण्डकीले पुर्याउन सक्ने भन्दै विपत्को सम्भावनाबारे उच्चसतर्कता अपनाउन अनुरोध गरे।
उनले पानी नपरे पनि हिमाल पग्लिने र हिमताल फुट्न सक्ने अवस्था रहेकाले सावधानी अपनाउन कालिगण्डकी तटीय क्षेत्रका स्थानीयलाई सचेत गराएका हुन्।जलवायु परिवर्तनका कारण पछिल्लो समय नदीको बहाव उच्च हुने, बासस्थान सर्ने, लामखुट्टे, झिङ्गालगायतका जिवाणुको विगविगीले हिमालको सौन्दर्यता घट्दै गएको छ।
गत वर्ष कालिगण्डकीको बाढीले वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका तटीय बस्तीमा क्षति पुर्याएको थियो।कालिगण्डकीमा पानीको बहाव उच्च हुँदा म्याग्दी क्षेत्रमा समेत उक्तिकै खतरा बढेको छ।पछिल्लो समय हिउँदमा हिमपातले हिमालीक्षेत्रका बासिन्दा प्रभावित हुने गरेका छन्।
मुस्ताङको जोमसोम हुँदै बगेको कालिगण्डकी नदी।
मुस्ताङको जोमसोम हुँदै बगेको कालिगण्डकी ।मुस्ताङको जोमसोम हुँदै बगेको कालिगण्डकी ।