सुनको भाउ घढ्यो : यस्तो छ बजार
![सुनको भाउ घढ्यो : यस्तो छ बजार](https://annapurnapost.prixacdn.net/media/albums/gold_20181210050520_Y0J2hetJoH.jpg)
काठमाडौं : सुनको भाउमा सामान्य गिरावट आएको छ। सुन तोलामा ४ सय रुपैयाँले घटेर ६५ हजारमा झरेको छ। बुधबार तोलाको ६५ हजार ४ सयमा कारोबार भएको सुन बिहीबार घटेर ६५ हजारमा पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीमा पनि सामान्य गिरावट आएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर ७७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा ७८० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार सुन सामान्य बढेको थियो। सुन तोलामा २ सयले बढेर ६५ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो। बुधबार फेरी तोलामा २ सयले बढेर ६५ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै, चाँदी सोमबार तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर ७८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)