दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर

दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर

भक्तपुर : भक्तपुरमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ८ सुडालस्थित चरेलीमा बा १० च ४०२६ नम्बरको बलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सिन्धुली घर भई हाल चाँगुनाराण नपा ८ कलमसीमा बस्ने ३२ वर्षीय कान्छा राईको उपचारको क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। उनका अनुसार 
गाडीका चालक दोलखाको मेलुङ गाउँपालिका १ घर भई हाल चाँगुनारायण नपा ७ वागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको उपचार भइरहेको छ।

प्रहरीका अनुसार भक्तपुरको कमलविनायकबाट नगरकोटतर्फ जाँदै गर्दा आफै अनियन्त्रित भई सडकबाट तल खस्दा गाडीमा सवार २ जना घाइते भएका थिए। उपचारको लागि तत्काल भक्तपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगल लगिएको थियो।

त्यस्तै मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ त ८६८ नम्बरको मिक्स्चरसहितको ट्याक्टर र सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३-०२-००३ प ५५२९ नम्बरको मोटरसाकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।

मिक्स्चर ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका रामेछाप सुनापाती गाउँपालिका ३ घर भएका २९ वर्षीय रोमन तामाङको उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक रामेछाप सुनापातीकै २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको भक्तपुर परिसरले जनाएको छ।

दुर्घटनालगत्तै घाइतेहरुलाई तत्काल उपचारको लागि गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल पुर्‍याइएको थियो। नागरिकबाट काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको थियो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले दुर्घटनामा संलग्न मिक्स्चर ट्याक्टरका चालक उदयपुर कटारी घर भई हाल काठमाडौंको जडिबुटी बस्ने ३१ वर्षीय रविन खत्रीलाई नियन्त्रणमा लिइएको छ। फरार ट्याक्टर चालकको तदारुकताका साथ खोजतलास कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.