१२ वर्षीय बालकले गरे आत्महत्या

१२ वर्षीय बालकले गरे आत्महत्या

भक्तपुर  : भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा एक १२ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन्। स्थानीय राजु खतिवडाका १२ वर्षीय छोरा सन्देश खतिवडाले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा झुण्डिएर आत्महत्या गरेका हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टाईले घाँटीमा पासो लगाई बुधबार बेलुका झुण्डिरहेको अवस्थामा उनी फेला परेका थिए।   झुण्डिरहेको अवस्थामा उनका बुवाले देखेपछि पासो फुकाई मध्यपुर अस्पताल लगेका थिए। अस्पताल पुर्‍याइएका सन्देशलाई चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई आवश्यक अनुसन्धानपछि  शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल लगिएको थियो। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाएको भक्तपुर प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.