सुनको भाउ अहिलेसम्मकै उच्च, शुक्रबार ८ सय बढ्यो
![सुनको भाउ अहिलेसम्मकै उच्च, शुक्रबार ८ सय बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/gold_20181210050520_B8IK098SKe.jpg)
काठमाडौं : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। शुक्रबार सुन तोलामा ८ सयले बढेको हो।बिहीबार ६५ हजारमा कारोबार भएको सुन शुक्रबा ६५ हजार ८ सय पुगेको हो।
सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६५ हजार ४ सयमा कारोबार भएको सुन बिहीबार ४ सयले घटेर ६५ हजारमा पुगेको थियो।शुक्रबार एकैदिन ८ सयले बढेर अहिलेसम्मकै उच्च भएको हो।
यस्तै चाँदीको मूल्य प्रति तोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)