आफैले बनाएको निर्देशिका विपरित शिक्षामन्त्री

आफैले बनाएको निर्देशिका विपरित शिक्षामन्त्री

काठमाडौं : गत वर्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन जारी गरेको थियो। मार्ग निर्देशको बुँदा 'च' मा भनिएको छ, 'सरकारी कर्मचारीले कार्यालयका कार्य सम्पादनको सिलसिलामा गर्नुपर्ने कामको सम्बन्धमा खिचिएका फोटा तथा घटना व्यक्तिगत काम गरे जसरी सामाजिक सञ्जाल खातामा राख्न, टिप्पणी गर्न, लाइक र शेयर गर्न नपाइने उल्लेख छ। 

उक्त बुँदामै अर्को पनि व्यवस्था गरिएको छ। जहाँ कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचेको धार्मिक स्थल, बाटो, ताल तलैया वा भ्रमण गरिएको स्थानको फोटो सामाजिक सञ्जालमा राख्न पाइने स्पष्ट उल्लेख गरेको छ।

मार्ग निर्देश जारी गरेपछि चर्को आलोचना खेपेका मन्त्री गिरीराजमणि पोखरेल आफैले यसलाई मान्न सकेनन्। केही समयअघि युनेस्कोको शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन स्वकीय सचिवसहित अमेरिका पुगेका उनका तस्बिर सामाजिक सञ्जालमा छाएका छन्, आफैले जारी गरेको मार्ग निर्देश विपरित। 

सँगै अमेरिका भ्रमणमा गएका प्रेस संयोजक सुनिल खड्काले पोखरेलसहित मन्त्रालयका उप-सचिव तथा पोखरेलका स्वकीय सचिव पुष्पराज ढकालसहितको फोटो फेसबुकमा पोष्ट गरेका छन्। उनले उक्त फोटो मन्त्री पोखरेललाई पनि ट्याग गरिदिएका छन्।

उतिबेलै चर्को आलोचना भएको उक्त मार्ग निर्देशन मन्त्रीले नै पालना गर्न नसकेपछि सामाजिक सञ्जालमा टीका टीप्पणी समेत भएको छ।मार्ग निर्देश गत कात्तिक १३ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.