जिल्ला अस्पतालमा प्रदेशमन्त्रीको छड्के

जिल्ला अस्पतालमा प्रदेशमन्त्रीको छड्के

धादिङ : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय धादिङको आकस्मिक निरीक्षण गरेका छन्। प्रदेश मातहत रहेका ८ वटा जिल्ला अस्पतालको सुदृढिकरण अभियान लिएर हिँडेकाले दैनिक सेवा प्रवाहको अवस्था र कर्मचारीको उपस्थितिबारे छड्के अनुगमन गरेको मन्त्री  दुलालले बताए।

अनुगमनका क्रममा कार्यालयमा उपस्थित नभएका कर्मचारीकोको विषयमा चासो राख्दै उनले कार्यलय प्रमुखसँग सोधपुछ गरेका थिए। मन्त्रीले गरेको अनुगमनका क्रममा जिल्ला अस्पताल धादिङमा ५ जना र जिल्ला स्वास्थ्य कार्यलयमा २ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। 

अस्पतालको कोठा कोठामा पुगेर अनुगमन गरेपश्चात मन्त्री दुलालले अस्पतालको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिए। उनले भने, 'अस्पताल बाहिरको प्राङगण जति मात्रामा सफा हुनुपर्ने हो, त्यो देखिएको छैन, कोठामा पनि अनावश्यक सामान गोदाम गरेर राखिएको भेटियो ।'

प्रयोगमा नआएका सबै सामान नष्ट गर्न र चाहिने सामन लिलाम गरी अस्पताल सफासुग्घर राख्न मन्त्री दुलालले निर्देशन दिएका छन्। जिल्ला अस्पताल र स्वास्थ्य कार्यलय प्रदेश सरकार मातहत संचालन हुन थालेपछि मन्त्रीले पहिलोपटक अस्पताल र स्वास्थ्य कार्यलयको छड्के अनुगमन गरेका हुन्।

अनुगमनपछि अन्तरक्रियाको क्रममा प्रदेश सरकारले पठाएको बजेट कसरी खर्च गर्ने योजना रहेको छ भन्ने विषयमा अस्पताल विकास तथा संचालन समितिस‍ँग कार्ययोजना समेत मागेका थिए। 'अहिले पठाएको बजेटले के के गर्ने योजना रहेको छ, त्यसको विस्तृत कार्ययोजना ल्याउनुस्, 'मन्त्री दुलालले भने, 'उपयोगी लाग्ने खालको योजना रहेको र बजेट नपुगेको खण्डमा रकमान्तर गरेर भएपनि प्रदेश सरकारले बजेट पठाउनेछ।'

करारमा रहेका कर्मचारीको सेवा प्रदानको अवस्था मुल्याङन गरेर नविकरण गर्न निर्देशन दिएका छन्। स्वास्थ्यकर्मी समायोजनको काम सुरु भइसकेकाले समायोजन पश्चात नपुग स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले व्यवस्थापन गर्ने मन्त्री दुलालले बताए।

उक्त अवसरमा जिल्ला अस्पताल धादिङको पछिल्लो कार्यसम्पादनको अवस्था, दरबन्दी अनुसारका कर्मचारीको अवस्था, सेवा प्रवाहको अवस्थालगायतका बारेमा अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरीटेण्डेण्ट दीपा बोहोरा लगायतले मन्त्रीलाई जानकारी गराएका थिए।

त्यस्तै, स्वास्थ्य कार्यालय बनेपछिको अवस्थाको विषयमा स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख विष्णु रिजालसँग जानकारी गराएका थिए। १५ शैयाको दरबन्दी संरचना रहेको जिल्ला अस्पतालमा हाल ४५ शैयाको सेवा दिइरहेको र करारका स्वास्थ्यकर्मीको सेवा नविकरणमा समस्या हुँदा दैनिक सेवा प्रवाहमा समस्या आइरहेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्।

जिल्ला अस्पतालमा ३ वर्षअघिदेखि मेडिकल सुपरीटेण्डेन्ट नभएको र निमित्तको भरमा चलाउनुपर्दा प्रशासनको काम गर्न र विरामी चेकजाँचमा समस्या भइरहेको छ। अस्पताललाई छिट्टै ५० शैयाको दरबन्दी संरचनामा लगेर स्तरउन्नति गरिने र अहिले देखिएका प्रशासनिक समस्या अबको एक महिनाभित्र समाधान गराइसक्ने मन्त्री दुलालले प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.