छ वर्षदेखि मुस्ताङ-डोल्पा सडक अलपत्र
मुस्ताङ : मुस्ताङबाट छोटो दुरीमा डोल्पा जोड्ने सडक ६ वर्षदेखि अलपत्र छ। २०७० सालअघि साविक जिविस मुस्ताङले जोमसोम, ढल्केडाँडा हुँदै डोल्पा जोड्ने कच्ची सडक निर्माणको काम सुरु गरेको थियो।
तीन वर्षमा करिब दुई किलोमिटर सडक विस्तार भएपछि काम रोकिएको थियो। साविक जिविसको बजेटमार्फत छोटो दुरीमा डोल्पा जोड्ने सडक र मोटरेबल पुल अलपत्र परेका हुन्।
जोमसोमदेखि ढल्केडाँडा ५ किलोमिटर काम गर्नुपर्ने सडकको काम दुई किलोमिटरमात्र भएको छ। सव-इन्जिनियर हरि पराजुलीका अनुसार उक्त कच्ची सडकका लागि करिब २० लाख लगानी भइसकेको छ।
सडकका लागि जिबिसले ३ वर्षसम्म बजेट छुट्याएको थियो। डोल्पा पहुँचमार्गका लागि करिब तीन किलोमिटर सडक निर्माण अधुरै बनेको छ।
पुलको काम स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडारको आर्थिक सहयोगमा जेलिङ्गर कन्ट्रक्सनले एलिट शंकरमाली जेभीलाई जिम्मा दिएको थियो। तर काम भएको छैन।
पुलका लागि पटक÷पटक प्रशासनमा डेलिगेशन गर्दा पनि काम अधुरै रहेको स्थानीयको भनाइ छ।
जोमसोमबाट जाने एक्लेभट्टी-पाक्लिङ जोड्ने पुल।