भक्तपुर जिल्ला लिगमा भक्तपुर युथ विजयी

भक्तपुर जिल्ला लिगमा भक्तपुर युथ विजयी

भक्तपुर : भक्तपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भक्तपुर युथ फुटबल क्लव विजयी भएको छ। भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शुक्रबार भएको लिगमा रियल फुटबल क्लवलाई २–१ गोलले हराएको हो।

विजेता भक्तपुर युथको लागि सौरभ धामी र सरोज राईले एकएक गोल गरे। त्यस्तै रियलको लागि दीपक श्रेष्ठले सान्त्वना एक गोल फर्काए। उक्त स्पर्धामा भक्तपुर युथका सौरभ धामी 'म्यान अफ द म्याच' घोषित भए।

शुक्रबार नै भएको अर्को लिगमा भक्तपुर नगरपालिका प्रशिक्षण केन्द्र र भक्तपुर डिलाइट क्लव गोल रहित बराबरीमा रोकिए। समूह ‘ख’ मा अंक बाँडेका भक्तपुर नपा र भक्तपुर डिलाइटसँगै भक्तपुर युवा टिम रहेको छ।

भक्तपुर नपा ७ स्थित माहेश्वरी खेलमैदानमा जारी प्रतियोगितामा भक्तपुरका दसवटा फुटबल क्लवहरुको सहभागिता रहेको छ। जिल्ला लिगको विजेता प्रदेशस्तरमा हुने लिग प्रतियोगिताको लागि सीधै छनोट हुनेछ।

प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष सुनिल प्रजापतिका अनुसार शनिबार समूह ‘क’ का सिद्धि गणेश र नेपालय तथा वासुकी युवा क्लव र ख्वप युनाइटेड फुटबल क्लव आमनेसामने हुनेछन्।

समूह ‘क’ सिद्धि गणेश र नेपालयले एकएक जीत दर्ता गरिसकेका छन् भने वासुकी र ख्वप युनाइटेडले एकएक हार खाइसकेका छन्। यस समूहका विजेता र उपविजेता दुई टीम सीधै सेमिफाइनलमा पुग्नेछन्।
समूह ‘ख’ र ‘ग’ बाट भने विजेतामात्रै अन्तिम चारमा पुग्नेछन्।

जिल्ला लिगका विजेतालाई नगद पुरस्कारसँगै प्रदेश लिगको तयारी र सहभागिताको लागि जिल्ला फुटबल संघले खर्च गर्ने प्रतियोगिता संयोजक एवं पूर्वराष्ट्रिय फुटबल खेलाडी प्रजापतिले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.