सहकारीको ब्याज : कर्जामा १६, बचतमा १० प्रतिशत कायम

सहकारीको ब्याज : कर्जामा १६, बचतमा १० प्रतिशत कायम

काठमाडौं ः सहकारीको सन्दर्भ ब्याजदर १६ कायम भएको छ। सहकारी विभागका रजिस्ट्रार डा.टोकराज पाण्डेको अध्यक्षतामा गठन भएको समितिको शुक्रबार सम्पन्न बैठकले सहकारीको सन्दर्भ ब्याजदर टुंगो लगाएको हो। 

अब सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण प्रवाह गर्न नपाउने भएका छन्। नयाँ व्यवस्था अनुसार सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन्। बचतमा १० प्रतिशतभन्दा घटीमा ब्याज दिन नपाउने व्यवस्था गरिएको छ। 

सहकारी ऐनले बचत र ऋणको ब्याज अन्तर ६ प्रतिशत कायम गरेको छ। समितिले विभिन्न चरणमा छलफल, अन्तर्राष्ट्रिय अभ्यास, व्यावहारिकता र वित्तिय क्षेत्रमा प्रचलित ब्याजदरसमेत हेरेर सन्दर्भ ब्याजदर निर्धारण गरेको हो।

सहकारी अभियान्ताहरुले साढे १६ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गरिए सहकारी समस्यामा पर्ने अडान लिँदै आएका थिए। सहकारीको सन्दर्भ ब्याजदर तोक्न सहकारी विभागका रजिस्ट्रारको नेतृत्वमा ९ सदस्यीय समिति बनेको थियो। 

समितिमा नियमक निकाय पाँच जना र सहकारी अभियानका चार जना गरी नौ जनाको समिति थियो। समितिले पटकपटक छलफल गरी व्याजदर टुंगो लगाएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.