रामेछापको भिरपानी वडा कार्यालयमा सिलिन्डर विष्फोट
![रामेछापको भिरपानी वडा कार्यालयमा सिलिन्डर विष्फोट](https://annapurnapost.prixacdn.net/media/albums/ODA-KARYALAYA--RAMECHHAP_20190803050134_Dj0OCXtZj1.jpg)
रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ भिरपानीको वडा कार्यालयमा अज्ञात समूहले ग्यास सिलिन्डर विष्फोट गराएका छन्। शुक्रबार राति गराएको विस्फोटबाट वडा कार्यालयको एउटा कम्प्युटर, तीनवटा दराजमा रहेको कागजपत्रमा क्षति भएको भिरपानीका वडा अध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए।
'वडा कार्यालय भवनमा सामान्य क्षति भएको छ।' उनले भने,'वडाध्यक्षको कार्यकक्षमा केहि भएको छैन।' कार्यालयको छानाको जस्ताबाट भित्र पसेर कार्यालयको बीचमा पर्ने गरी अज्ञात समूहले विष्फोट गराएको वडा अध्यक्ष कार्कीले बताए। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले अज्ञात समुहले गराएको विस्फोट बम नभई ग्यास सिलिन्डर रहेको जानकारी दिए।
उनले विस्फोट घटनाको थप अनुसन्धान र क्षतिबारे अध्ययन भइरहेको बताए। गयराति २ बजेतिर विष्फोट भएको आवाज सुनिएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)