मदन भण्डारी लोकमार्गको निर्माण नसकिँदै कालोपत्रे उप्कियो

मदन भण्डारी लोकमार्गको निर्माण नसकिँदै कालोपत्रे उप्कियो

सिन्धुली : मदन भण्डारी लोकमार्ग पश्चिम खण्डको निर्माण कार्य नसकिँदै कालोपत्रे उप्किन थालेको छ । वर्षाको समयमा सडक निर्माण गरिएको कारण सडकको सिन्धुली–हेटौंडा खण्डमा क्षति पुगेको हो । 

असारको अन्तिम साता आएको वर्षातले लोकगर्माको रिटेरिङ वाल, नाला, ग्याभिन तथा कालोपत्रेमै क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । 

सडकको बिचभागमै कालोपत्रे सबै उप्किएर सडक बिग्रिएको छ । अधिकांश कालोपत्रे पानीले बगाएको छ । पानीले सडकमा क्षति पुर्‍याउँदा अहिले गाडी संचालनमै समस्या भएको हरिहरपुरगढीका स्थानीयबासी रुद्रमान मोक्तान बताउँछन् । ‘ठाउँठाउँमा भर्खरै बनाएको कालोपत्रे नै उप्किएर बगेको छ । अधिकांश ठाउँका नाला र वाल भत्किएका छन्,’उनले अन्नपूर्णलाई भने ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामा पनि सडकमा धेरै क्षति भएको बताउँछन् । उनले भने, ‘वर्षातको पानीले वाल र नालासंगै कालोपत्रे पनि भत्किएर खाल्टैखाल्टा पारेको छ।’ 

मदन भण्डारी लोकमार्गको सिन्धुली–हेटौँडाको पश्चिम खण्ड निर्माणको जिम्मा कालिका कन्स्ट्रक्सनले लिएको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबाट हेटौंडासम्मको १ सय १५ किलोमिटर सडक निर्माण गर्दै आएको कन्स्ट्रक्सनले सिन्धुली जिल्लातर्फ १७ किलो मिटर र हेटौंडातर्फ १७ किलोमिटर कालोपत्रेसमेत गरिसकेको थियो । 

एक साताको वर्षातले नै सडकमा क्षति पुगेपछि स्थानीयले भने निर्माण कम्पनीको लापरबाही भएको आरोप लगाएका छन् । 
‘आकासको पानीले नै बगाउने कालोपत्रे गुणस्तरहीन छ कि भन्ने शंका पैदा भएको छ । यस विषयमा आयोजनाले ध्यान दिनुपर्ने हुन्छ,’ हरिहरपुरगढीका एक स्थानीयले बताए ।

तर, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईं भने काम गुणस्तरहीन भएको स्विकार्दैनन् । ‘लगातारको वर्षाका कारण सडकको कालोपत्रेदेखि वाल, नाला, ग्याभिन लगायत अन्य फाउण्डेशनका सबै काममा क्षति पुगेको छ । वर्षातले करोडौंको क्षति भए पनि काम गुणस्तरहीन भएको हैन।' 

सडकको पश्चिम खण्डमा पुल, कजवे, ह्युमपाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगाएतको संरचना निर्माणको काम धमाधम भइरहेको छ । १ सय १५ किलोमिटर सडक आयोजनामा ३३ पुल, ५७ कजवे, ३ सय ९७ ह्युमपाइप, १९ बक्स कल्भर्ट, ४ स्ल्याब कल्भर्ट निर्माण गरिने छ ।

निर्माण कम्पनीले तीनवर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ९ सय करोड रुपैयाँमा २०७३ कात्तिक २२ गते ठेक्का सम्झौता लिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.