झापामा पानीमा डुबेर २ जनाको मृत्यु

झापामा पानीमा डुबेर २ जनाको मृत्यु

झापा : झापाका दुई छुट्टछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार गौरीगञ्जमा एक बालकको गेउरिया खोलामा डुबेर र मेचीनगरमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर एक युवकको मृत्यु भएको हो। 

भारत फुलबरीया घर भई गौरीगञ्ज गाउँपालिका-६ तिनटोलीया मामा घरमा बस्दै आएका ६ वर्षीया आकाश महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

स्थानीयले पानीमा डुबेको देखेलगतै बालकको उद्धार गरेका थिए। उद्धार गरी उपचारका लागि दमकको लाइफ लाइन अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

त्यसैगरी झापाको मेचीनगर-१३ स्थित सडकको खाल्टोको  जमेको पानीमा डुवेको अवस्थामा १ युवकको शव फेला परेको छ। मेचीनगर नगरपालिका-१३ स्थित सिमसार क्षेत्रमा चाराली चन्द्रगढी सडक किनारमा अन्दाजी ३५ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ। 

स्थानीयले डुवेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार रातिसम्म शवको पहिचान हुन नसकेको प्रहरी प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ। 

स्थानीय सडक पेटीको नालामा स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको शुक्रबार रातिसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको श्रेष्ठले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.