असफल प्रेमले सुधारगृहमा पुगे नासु : जसको किरियासमेत भइसक्यो!

असफल प्रेमले सुधारगृहमा पुगे नासु : जसको किरियासमेत भइसक्यो!

काठमाडौं : दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा थिएन। त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो। बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो। काठमाडौं टंगालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए।

त्यतिबेला उनी एक युवतीसँग गहिरो प्रेममा फसे।त्यही प्रेमबाट बिछोडिँदा उनी घर न घाटको भए।काठमाडौं महानगरपालिका- ५ का वडाध्यक्ष रमेश डंगोलका अनुसार धादिङमा सडक विभागमा नायब सुब्बा भएर काम गर्थे, प्रेमबाट बिछोडिँदा मनोरोगी भए, त्यसपछि झण्डै २५-३० वर्षदेखि सडकमै बास भयो।' 

हाँडीगाउँ आसपासका सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले रुपैयाँ माग्ने उनको दैनिकी बन्यो।बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्थे। कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने। स्थानीयका अनुसार पछिल्लो समय उनी मदिराको लतमा देखिन्थे।

विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डंगोलले भने, 'नत सफल हुन सक्यो न परिवारमै अडेर बस्न सके।' आमा हुँदासम्म उनी केही समय घरमा पनि बस्ने गरेका थिए।आमाको शेषपछि भने उनको बास सडकमै भएको स्थानीय बताउँछन्।

एकपटक सडकमा घुम्दाघुम्दै हराए।त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डंगोल सम्झन्छन्।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शव पहिचान गर्न उनी आफै गएका थिए।

केसीले प्रविणता प्रमाणपत्र तह पास गरेका छन्।धादिङमा उनी जागिरमा छँदै मानसिक समस्या आएको स्थानीय बताउँछन्।  मनोविद् डा. नरेन्द्रसिंह ठगुले भने, 'प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ। जीवनप्रति नैराश्यता तथा एक्लोपन भएकाहरुको बेलैमा सही व्यवस्थापन गर्न नसकिए भने मासिक समस्या देखिन्छ। यस्तो समस्या आए मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ।' त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उनले बताए।

यसरी गरियो उद्धार

आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँडेको देखेपछि डंगोले काठमाडौँ महानगरसँग समवन्य गरी मानव सेवा आश्रममा राखेका हुन्। वडाध्यक्ष डंगोल र वडा सदस्य मिनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी उनलाई आश्रममा पुर्‍याइएको हो।

वडा सदस्य प्रजापतिले उनी आफूले देखेदेखि सडकमा देखेको बताइन्। सुरुमा त्यति ठीकै अवस्थामा देखिने गरेका उनी विस्तारै गम्भीर मानसिक समस्यामा देखिएको उनले बताइन्।

आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ।आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाका अनुसार  चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको बताए

पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमान्को हेला घरपरिवारको बेवास्ता असफल प्रेमजस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन्।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.