सेकुम तालमा निलगिरी विम्व

सेकुम तालमा निलगिरी विम्व

मुस्ताङ : पूर्वको भर्जिन हिमाल निलगिरीको प्रतिविम्व सेकुम तालमा देखिदा तालको सौन्दर्यता झनै बढेको छ।त्यहाँ पुगेका पर्यटकले यही तालमा परेको निलगिरी विम्व नियालेर आनन्द लिने गर्छन्।

समुन्द्री सतहदेखि २ हजार ७ सय २५ मिटर अग्लो सेकुम ताल मुस्ताङको थासाङ-२ नाकुम जंगलमाथिको लेकमा अवस्थित छ। किंवदन्ती अनुसार सदियौं पहिले थासाङमा पानीको खडेर पर्दा यही तालमा पूजाआजा गरेपछि पानी पर्छ भन्ने धार्मिक विश्वाश रहेको स्थानीय बताउँछन्। 

बेनी-जोमसोम सडकखण्डबाट पश्चिम ३० मिनेटको ठाँडो पैदलयात्रापछि तालमा पुग्न सकिन्छ। नाकुमको अग्ला-अग्ला सल्ला र धुपीका रुखहरु छिचोल्दै पदयात्रा गर्दै पुग्न सकिने सेकुम ताल पर्यटक प्रर्वद्धनको प्रचूर संम्भावना रहेको वडाध्यक्ष नरप्रसाद हिराचनले बताए।

उनले प्राकृति श्रोतसाधनले धनी थासाङ गाउँपालिकामा महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गरे। उनले यसको पूर्वाधार विकास तथा संरक्षणको खाँचो रहेको औंल्याए। धौलागिरी आइसफलको फेदमा अवस्थित सेकुम वातावरणीय दृष्टिले पनि सुन्दर स्थानमा छ।धौलागिरी बेस क्याम्प जाने विदेशी पदयात्री यही तालहुँदै जाने भएकाले पर्यटकीय दृष्टिले थप महत्व रहेको हो।

तालमाथिको धौलागिरी हिमालको फेदमा हरियो प्राकृतिक खर्क छ। खर्क वरपर चरनक्षेत्रमा चरिरहेका याकचौरीको बथानले मोहित बनाइ दिन्छ।  साँच्चै नै प्राकृतिक भूगोलले अनुपम बरदान पाएको सेकुम ताल पर्यटकीय संम्भावना अधिक छ।

यस्तै, सेकुम ताल वरपर कालिगण्डकी करिडोरलगायत त्यस आसपासका तटियक्षेत्रमा रहेका सुन्दर बस्ती र खेतियोग्य भू-भागले पर्यटकको प्यास मेटाइदिन्छ। प्रचार-प्रसारको अभावले ओझेलमा परेको सेकुम ताल संरक्षणका लागि पछिल्लो समय स्थानीयस्तरमा पहल हुन थालेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागअन्तर्गतको अन्नपूर्ण संरक्षणक्षेत्र पोखरा,राष्ट्रिय प्रकृति संरक्षणकोष, अन्नपूर्ण संरक्षणक्षेत्र ,संरक्षणक्षेत्र  व्यवस्थापन समिति र कोवाङका स्थानीयवासीले सेकुम ताल संरक्षणमा साझेदारी गर्दै आइरहेका छन्। पछिल्लो 

समय मुक्तिनाथ दर्शन तथा लोमान्थाङ र कोरलानाकाको अवलोकन भ्रमण गरी फर्किएका पर्यटक सेकुम ताल पुग्ने गरेको पाइएको छ। यस्तै, ताल वरपर पिकनिक स्पर्ट र सुन्दर दृष्य खिच्न फिल्म छायाङ्कन हव समेत भएको छ।

थासाङ गाउँपालिकाले गत वर्षको वार्षिक बजेटमा सेकुङ तालसहित पर्यटकीय स्थलको पूर्वाधार विकासका लागि विस्तृत डिपिआर समेतसम्पन्न गरेको इन्जिनीयर विष्णुप्रसाद बास्तोलाले जानकारी दिए। उनका अनुसार तालको सौन्दर्यकरण वृद्धि गर्ने, सडक बाटो पूर्‍याउने, ताल वरपरको संरचनाको स्तरोन्नति गर्ने र पदमार्ग सुधार गर्ने लगायत छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.