बीपीका उपकुलपतिविरुद्ध एक करोड २८ लाखको भ्रष्टाचार मुद्दा

बीपीका उपकुलपतिविरुद्ध एक करोड २८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति प्रा डा राजकुमार रौनियार विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

सेवाग्राहीसँग घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका रौनियारलाई १ करोड २८ लाख विगो दाबी गरिएको छ । उनले होस्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालीका प्रबन्ध निर्देशक सुशिलकुमार झाससँग घुस लिएका थिए ।

उनले भवन निर्माण मोविलाइजेसन रकम भुक्तानी दिँदा  विभिन्न विल भुक्तानी गर्दा घुस लिएको अख्तिायरको दाबी छ । उपकुलपति रौनियार र उनका भतिजा डा. रामहरी रौनियारले असार १६ गते निवासमा नै बोलाएर झासँग घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको थियो ।

उपकुलपतिका भतिजा डा रामहरीलाई प्रतिवादी बनाइएको  अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । साक्षीका रुपमा प्रस्तुत भउका ठेकेदार झा र सवारी चालक दिवाकार कार्कीलाई भने सजाय छुट लिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.