‘विप्लव समूह गोरेटोमै अल्मलियो’

‘विप्लव समूह गोरेटोमै अल्मलियो’

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द ‘विप्लव’ समुह गोरेटो र गल्लीमै अल्मलिएको बताएका छन्। नेपाली राजनीतिमा अहिले अलमलको अवस्था नरहेको तर्क गर्दै उनले विप्लव समूहलाई तत्काल वार्तामा आउन आग्रह पनि गरे।

‘नेपाली राजनीतिको विशाल राजमार्गमा हिड्ने बेलामा गल्ली र गोरेटोमा विप्लव समूह अल्झिएको देखियो,’ मुख्यमन्त्री राईले भने, ‘यसरी अल्झिनु हुँदैन।’ प्रतिबन्धित विप्लव समूह परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका एक नेताको स्वागतमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा राईले नेपाली राजनीति स्पष्ट मार्गचित्रसहित अघि बढिरहेको बताए।

विप्लव समूह हत्या, हिंसा, गोलाबारुद त्यागेर शान्तिपूर्ण अवतरण गर्न बाध्य हुने दावी गर्दै राईले मुलुकको समृद्धिको लक्ष्य तय भइसकेकाले त्यसमा सहयोग गर्न सो समूहलाई आग्रह पनि गरे। ‘वार्तामा आउने र शान्तिपूर्ण अवतरण गर्ने वातावरण बनेको छैन भने हामी बनाउने छौं। नेकपाले बनाउने छ’, उनले भने, ‘तर अलमल नगरी नेपाली राजनीतिको विशाल गोरेटोमा हिंड्दै शान्ति र समृद्धिमा साथ दिन तयार हुनुपर्छ। सबै मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्छ।’

भोजपुरका एकराज घिमिरे विप्लव समूह त्यागेर सत्तारुढ नेकपामा प्रवेश गरेका हुन्। उनलाई मुख्यमन्त्री राई र नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले पार्टीमा स्वागत गरेका थिए। घिमिरे विप्लव समूहको प्रदेश १ का प्रभावशालि नेता भएकाले नेकपाका प्रदेश १ ले कार्यक्रम राखेरै मुख्यमन्त्री राईको सहभागितामा पार्टी प्रवेश गराएका हुन्।

विप्लव समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक घिमिरेले मुख्यमन्त्री राईकै पहल र आग्रहमा आफू नेकपा प्रवेश गर्न तयार भएको बताए। घिमिरेले विप्लव समूहको पछिल्लो गतिविधी जनविरोधी भएको पनि दावी गरे। साहित्यिक र सांस्कृति आन्दोलनमार्फत् मुलुकलाई समृद्ध बनाउन आफूले नेकपामा प्रवेश गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.