दुई महिनापछि खानेपानी सुचारु

दुई महिनापछि खानेपानी सुचारु

बेनी : म्याग्दी सदरमुकाम बेनी बजारमा दुई महिनापछि नियमित खानेपानी आपूर्ति हुन थालेको छ। सडक विस्तारका क्रममा क्षति पुगेका पाइपलाइन मर्मत गरेपछि आइतबार देखि बेनीमा नियमित खानेपानी आपूर्ति हुन थालेको हो।

बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन काटेपछि दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध हुँदा गत जेठ दोस्रो सातादेखि बेनीमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन सकेको थिएन्।

बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले पुम्दीखोलाको पाइपलाइनलाई व्यवस्थित र दूधेखोलाको पाइपलाइन मर्मत गरेर चौबिसै घण्टा खानेपानी आपूर्ति गर्न थालिएको जानकारी दिए।

माग अनुसार खानेपानी आपूर्ति अवरुद्ध हुँदा बेनीबासीको दैनिकी कष्टकर बनेको थियो। पुम्दीको मुहानबाट १८ लिटर र दुधेखोलास्थित कोप्रेको मुहानबाट तीन लिटर प्रति सेकेण्डका दरले खानेपानी आपूर्ति गराइएको छ।

बेनीमा एक हजार पचास घरधुरीको बसोबास छ। प्रतिसेकेन्ड २५ लिटर खानेपानी आवश्यक पर्छ। गलेश्वर देखि राहुपारे खण्डको चार किलोमिटर दूरीमा बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक विस्तारको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीलाई सडक छेउमा रहेको पाइपलाइनको व्यवस्थापन गर्न निर्देशन दिएपछि सम्झौतामा उल्लेख नभएको भन्दै कार्यान्वयन गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.