'सेक्सपियरको देशमा' सार्वजनिक

'सेक्सपियरको देशमा' सार्वजनिक

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कलाधर काफ्लेद्वारा लिखित 'सेक्सपियरको देशमा' नामक यात्रा निबन्ध सङ्ग्रह सार्वजनिक गरेका छन्।उनले 'सेक्सपियरको देशमा' नामक कृतिले बेलायतका बारेमा बुझ्न ठूलो मद्दत गर्ने बताए।

उनले भने,' उनले सात सय वर्ष पहिले इटालियन यात्री मार्कोपोलोले चीनको यात्रा नगरेको भए र मार्कापोलोको यात्रा वर्णन भास्कोडिगामाले नपढेको भए उनले चीनको यात्रा गर्ने थिएनन् र कोलम्बसले अमेरिका पनि पत्ता लगाउने थिएनन्। कोलम्बसले अमेरिका पनि पत्ता लगाउने थिएनन्। यसर्थ यात्रा लेखनले ठूलो महत्व राख्दछ।'

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले राजधानीमा शनिबार आयोजित कार्यक्रममा समालोचक रामप्रसाद ज्ञवालीले कृतिमाथि विशद् चर्चा गरे। कवि ठाकुर शर्मा भण्डारीले समीक्षात्मक कविता पाठ गरे। कार्यक्रममा वासुदेव त्रिपाठी, जीवेन्द्रदेव गिरी, घनश्याम खतिवडा र यादव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए।यस्तै प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले यात्रा लेखनको महत्व दिनप्रतिदिन बढिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.