सुधार केन्द्रमै झुन्डिएर आत्महत्या

सुधार केन्द्रमै झुन्डिएर आत्महत्या

 भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नंखेलको भाटेढिकुरस्थित नयाँ बिहानी सुधार केन्द्रमा रक्सीको लत छुटाउन भर्ना भएका एकजना झुण्डिएको अवस्थामा फेला परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका दोलखाको तामाकोसी गाउँपालिका २ झुले निवासी ४४ वर्षीय माधव कार्की शनिबार बिहान आफू सुत्ने कोठामै झुण्डिएको अवस्थामा फेला परेका हुन्।

कोठामा रहेको दुईतले खाटमा आफैले लगाउने ट्रयाकसुटको तुनाको पासो लगाइ झुण्डिएको अवस्थामा केन्द्रका कर्मचारीले फेला पारेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए।

उनका अनुसार झुण्डिएको अवस्थामा फेला परेका कार्कीलाई केन्द्रका कर्मचारीले नै तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

उनका अनुसार अत्यधिक रक्सी सेवनले डिप्रेसनमा पुगिसकेका उनलाई गएको जेठ २८ गते केन्द्रमा भर्ना गरिएको थियो। उक्त घटनापछि महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानसमेत सुधार केन्द्र पुगी घटनाबारे जानकारी लिएका थिए। केन्द्रमा रहेको सीसीटीभी फुटेज हेर्दा कार्कीले आत्महत्या गरेको देखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

'घटनापछि म आफै केन्द्र पुगेर घटनाबारे जानकारी लिएँ,' उनले भने, 'केन्द्रमा भएको सीसीटीभी फुटेज पनि हेर्‍यौं। त्यसमा उपचारत आफैले आत्महत्या गरेको देखिन्छ।' तैपनि घटनाबारे अनुसन्धान अघि बढाइएको उनले स्पष्ट पारे। उक्त घटनापछि जिल्लामा रहेका लागूपदार्थ दुव्र्यसनी एवं मादक पदार्थ सेवनकर्ताको उपचार तथा हेरचाह गर्ने पुनःस्थापना केन्द्रमा अनुगमन गर्नुपर्ने आवश्यकता बढेको प्रहरी अधिकारीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.