बैतडीमा विप्लवका कार्यकर्ता पक्राउ

बैतडीमा विप्लवका कार्यकर्ता पक्राउ

बैतडी : बैतडीमा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पुर्चौडी नगरपालिका–३ सल्लेबनका ४६ वर्षीय नैनसिंह धामीलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातललीले जानकारी दिए ।

धामी विप्लव समूहका गाउँ कमिटी सदस्य रहेको बताइएको छ । उनलाई जिल्ला अदालत बैतडीबाट सोमबार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि साउन १५ गते राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडमा धामी संलग्न रहेका आशंका गरिएको छ ।

साथै उनलाई तालाबन्दी र चन्दाअसुलीमा समेत संलग्न रहेको अभियोग छ । प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ । बैतडी प्रहरीले पछिल्लो समय विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ । यसअघि असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका १० हतास घर भइ विप्लवका युवा विद्यार्थी संगठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टलाई पनि पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.