मोहना-अत्तरिया सडक : म्याद नथपिँदा निर्माण अघि बढेन्

मोहना-अत्तरिया सडक : म्याद नथपिँदा निर्माण अघि बढेन्

धनगढी : पौने दुई अर्बको लगानीमा निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडक आयोजनाको म्याद सकिएको छ। जेठमा सडक निर्माण सम्झौताको म्याद सकिएको हो। मोहना-अत्तरिया सडक निर्माण कार्यालयले एक वर्ष म्याद थपका लागि संघीय सडक सुपर्वेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई अनुरोध गरेको थियो। तर कार्यालयले एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने वस्तुगत राय सहितको प्रतिबद्धता पत्र मागेको हो। २०७४ जेठमा दुई वर्षकालागि सडक निर्माण सम्झौता भएको थियो।

सार्वजनिक खरिद ऐन माग गरिएको संशोधनमा पूर्वाधार तर्फका पुराना योजनाको हकमा सुरुको अवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था गरिएको छ । ‘निर्माण व्यवसायीको मागलाई ध्यानमा राखेर सडक निर्माण सम्झौता सकिएको अर्को महिनाअनुसार १६ गते म्याद थपका लागि आग्रह गरिएको हो,’ मोहना-अत्तरिया सडक निर्माण कार्यालयका इन्जिनियर खगेन्द्रबहादुर शाहीले भने, ‘तर माथि बाट म्याद थप्नु पर्ने राय सहितको प्रतिबद्धता पत्र पेश गर्न निर्देशन आएको छ।’

निर्माण कम्पनीले निर्माण सामग्री परीक्षण सहितको नमुना एक वर्ष भित्रै काम सम्पन्न गर्ने आधार पेश भए सोही आधारमा माथिल्लो निकायमा म्याद थपका लागि पुन :सिफारिस गरिने आयोजनाका इन्जिनियर शाहीले बताए।

निर्माण सामग्रीको परीक्षणको नमुना कहिले आउँछ भन्ने पनि टुंगो छैन। परीक्षणका लागि निर्माण सामग्रीको नमुना काठमाडौं पठाइएको छ। निर्माण कम्पनी पनि सोही नमुनाको पर्खाइमा छन्। इन्जिनियर शाहीले निर्माण कम्पनीले मन लगाएर काम गरे एक वर्ष भित्र सम्पन्न गर्न सकिने बताए।

इन्जिनियर शाहीले सडक माटो फिलिङ देखि ग्राभेल सबै तिर सम्पन्न भएको बताए। सडकको भौतिक प्रगति ५० प्रतिशत बढी भएकाले एक वर्षमा निर्माण सम्पन्न गर्ने राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत रोशन भट्टले बताए। ‘वर्षा सकिए लगत्तै कालोपत्रेको काम सुरु हुन्छ र एक वर्ष भित्रै काम सम्पन्न हुनेछ।’ उनले भने।

सडक वरिपरिको जमिन, घर खाली नहुनु, विद्युत् पोल सार्न ठेक्का प्रक्रियामा ढिलाइ हुनु, खानेपानीको पाइप लाइन नसारिनु र सडकमा परेका रुख कटानीमा भएको ढिलाइले सोचे अनुसारको काम गर्न नसकिएको निर्माण पक्षको दावी छ।

धनगढी-अत्तरिया जोड्ने फराकिलो सडक यस क्षेत्रकै ठूलो सहरी सडक आयोजना हो । ०७६ जेठभित्र काम पूरा गर्ने गरी भ्याटसहित १ अर्ब ६८ करोड ६५ लाखमा मल्टीलेन निर्माणको ठेक्का सम्झौता भएको थियो । ०७४ जेठमा ३ खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको मोहनादेखि अत्तरियासम्मको खण्डमा १० किमि खण्ड ६ लेनको बन्ने छ । अन्य ४ दशमलव १ सय ९७ किलोमिटर खण्ड ४ लेनको निर्माणको योजना छ ।

बस्ती भएको क्षेत्रमा ६ लेन, सडकको दुबैतर्फ नाली र फुटपाथ निर्माण हँुदैछ भने बस्ती नभएको खुला क्षेत्रमा ४ लेनको सडक निर्माण हुनेछ। ‘६ लेन भएको खण्ड ३८ मिटर चौडा हुनेछ भने ४ लेन भएको खण्डमा २३ मिटर चौडा हुनेछ’, इन्जिनियर शाहीले भने।

मोहनादेखि बोराडाँडीसम्मको साढे ४ किमि खण्डमा शर्मा अम्मर नागार्जुन जेभी कम्पनीले ५८ करोड १७ लाख १६ हजारमा ठेक्का सम्झौता अनुसार काम गरिरहेको छ । साढे ४ किमिदेखि ९ किमिमा पर्ने गेटा नजिकसम्मको खण्डमा लुम्बिनी राजेन्द्र डाँफे जेभी कम्पनीले ५२ करोड १४ लाख ३९ हजारमा सम्झौता गरेको छ ।

लामा राजेन्द्र जेभी कम्पनीले ९ किमिदेखि १४ दशमलव १ सय ९७ किमि पर्ने अत्तरियासम्मको निर्माण गर्दैछ । उसले ५२ करोड ३३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । म्याद सकिदा सम्म पहिलो ठेक्का खण्डमा ६० प्रतिशत र दोस्रो र तेस्रो खण्डमा ५५ प्रतिशत मात्र प्रगति भएको योजना कार्यालयले जनाएको छ । सडक आयोजना समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.