उदयपुर कारागारमा एकैपटक ठूलो संख्यामा कैदीबन्दी बिरामी

उदयपुर कारागारमा एकैपटक ठूलो संख्यामा कैदीबन्दी बिरामी

उदयपुर : दुषित पानीका कारण जिल्ला कारागार उदयपुरमा ठूलो संख्यामा कैदीबन्दी बिरामी परेका छन्। १७३ कैदीबन्दी रहेको कारागारमा ११६ जना बिरामी परेका हुन्।

उनीहरूमा भाइरल ज्वरो, रुघाखोकी र पखाला देखिएको जेलर कुमारबहादुर खड्काले बताए। एकैसाथ धेरै कैदीबन्दीमा यसप्रकारको विमार देखिएपछि प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्कासहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट ३ चिकित्सकसहित १५ जनाको टोलीले स्वास्थ्य जाँच तथा उपचार गरेको उनले बताए।

शनिबार २/३ जनालाई ज्वरो आएपछि एकै ठाउँमा रहेका अन्य बिरामीमा पनि फैलिएको उनले बताए।  ‘अन्य कोठा छैन। बिरामी र सामान्य अवस्थाका सबैलाई एउटै कोठामा राख्नु परेको छ', उनले भने। बिरामी सबैलाई परीक्षणपछि औषधि सेवन गराइएको छ।

वर्षा मौसममा खोलाबाट आउने खानेपानी धमिलो र दुषित आउने गरेपछि कैदीबन्दीमा भाइरल प्रकोप ज्वरो देखापरेको हो। बिरामी परेसँगै अहिले कारागारले सबै कैदीबन्दीलाई पानी तताएर पिउने व्यवस्था गरिएको कारागार प्रशासनले जनाएको छ। ५० जना क्षमता रहेको कारागारमा तेब्बर बढी कैदीबन्दी छन्।

कारागारमा आमासँग आश्रित ४ नाबालिका रहेका छन्। २०३६ सालमा निर्मित कारागारको भौतिक संरचना पनि जीर्ण अवस्थामा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.