क्यान्सर पीडितलाई आर्थिक सहयोग
काठमाडौं : इराकस्थित सिटी एक्सप्रेस मनिट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तनक्यान्सर पीडितलाई २ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ।
भोटेकोशी गाउँपालिका-५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारमा आर्थिक अभाव भएपछि रकम संकलन गरिएको थियो। सिटी एक्सप्रेस मनिट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संकलन भएको उक्त रकम क्यान्सर पीडित ४८ वर्षीया पेम्बा डोल्मा शेर्पालाई हस्तान्तरण गरे।
विगत २ वर्षदेखि सिटी एक्सप्रेस मनिट्रान्सफरले इराकस्थित अलताइफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आइरहेको छ।