सिन्धुलीमा अटो दुर्घटना : तीन घाइते, दुई गम्भीर

सिन्धुलीमा अटो दुर्घटना : तीन घाइते, दुई गम्भीर

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका-१० लखिमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मंगलबार सिन्धुलीको डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको अटो मोटरसाइकललाई साइड दिने क्रममा पल्टिएर दुर्घटना हुँदा दुधौली नगरपालिका ९ का ६४ वर्षीय रेवन्त श्रेष्ठ, सोही ठाउँका ४९ वर्षीय राज भट्टराई र  ५१ वर्षीय वेते सार्की घाइते भएका हुन्।

घाइतेमध्ये श्रेष्ठ र भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (प्रहरी उपरिक्षक) चक्रबहादुर सिंहले जानकारी दिए। श्रेष्ठको दुबै हात भाँचिएको र शरीरमा गम्भीर चोट लागेको छ भने भट्टराईको एउटा हात भाँचिनुका साथै टाउकोमा गहिरो चोट लागेको छ। 

घाइतेलाई स्थानीय र प्रहरीले उद्धार गरी हेन्स अस्पतालमा सामान्य उपचार गराई थप उपचारका लागि काठमाडौं पठाइएको सिंहको भनाई छ। अटो र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.