विप्लवका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पक्राउ

विप्लवका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पक्राउ

चौतारा : नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’ लाई प्रहरीले पक्राउ गरेको छ। विप्लवका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज श्रेष्ठ मंगलबार भक्तपुरको सल्लाघारीबाट पक्राउ परेका हुन्।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट गएका सादा पोशाकका प्रहरीले महानगरीय प्रहरी परिसर सल्लाघारीको सहयोगमा मंगलबार दिउँसो पक्राउ गरेका थिए। पक्राउ परेका श्रेष्ठलाई मगलबार साँझ नै  सदरमुकाम चौतारा ल्याइएको छ। 

श्रेष्ठ भक्तपुरमा रहेको सुराकीको आधारमा सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए। प्रहरीका अनुसार श्रेष्ठ सल्लाघारीमा रहेको पुष्टि भएपछि महानगरीय प्रहरी परिसर सल्लाघारीको सहयोग लिइएको थियो। श्रेष्ठलाई सल्लाघारीस्थित आफ्नो निवास नजिक हिंड्दै गरेको अवस्थामा दिउँसो करिब १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मराशिनीले बताए।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४, पाङ्ताङका श्रेष्ठ विगत केही समयदेखि विप्लव समुहको जिल्ला इन्चार्जका रुपमा कार्यरत थिए। उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएका प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.