सिंचाइ डिभिजन प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
काठमाडौं : सिंचाइ विकास डिभिजन कार्यालय, गौर, रौतहटका डिभिजन प्रमुख अजित श्रीवास्तवसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७४/०७५ मा बाढीपीडित कार्यक्रम अन्तर्गत १६ वटा योजनामा कुनै पनि प्रकारको कामै नगरी फर्जी बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।
तत्कालिन डिभिजन प्रमुख श्रीवास्तव, तत्कालीन इन्जिनियर नविनकुमार यादव, तत्कालिन सव-इन्जिनियर संजय साह र उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तरविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुविरुद्ध ३ लाख ७२ हजार विगो कायम गरिएको छ।
'निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको कामको परिमाणको नापी चढाई झुट्टा बिल तयार गरी पेश गरी, पेश भएको झुठा बिल स्वीकृत गरेको प्रमाणित भएको छ,'अख्तियारको दाबी छ।