२४ तोला नक्कली सुनसहित २ जना पक्राउ

२४ तोला नक्कली सुनसहित २ जना पक्राउ

धादिङ :  २४ तोला नक्कली सुन जस्तै देखिने पहेँलो धातुसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले मझिमटारबाट पक्राउ गरेको छ। धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारस्थित पृथ्वीराजमार्गको बाटो हुँदै काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँज गर्दा नक्कली सुन जस्तै देखिने पहेंलो धातुसहित दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवंम् प्रवक्ता भोलामान सिंह अधिकारीले जानकारी दिए। 

पृथ्वीराजमार्गको बाटो हुँदै काठमाडौंबाट नक्कली सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको टोलीले मोटरसाइकलमा सवार २ जनालाई पक्राउ गर्न सफल भएको अधिकारीले बताए।

मोटरसाइकलका चालक चितवन भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका सन्तोष बस्नेत र पछाडी सवार नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका वडा नम्बर ६ का गोकुलमान श्रेष्ठलाई चेकजाँच गर्दा सन्तोष बस्नेतले बोकेको झोलामा नक्कली रूपमा राजश्व छली लुकाई छिपाई राखी ल्याएको अवस्थामा 995-24K लेखिएको सुन जस्तै देखिने पहेँलो धातु ५ थान (जम्मा २४ तोला) फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरुबाट एनएस २०० को रातो पल्सर मोटरसाइकल, सिमकार्डसहितको दुई थान मोबाइलसमेत बरामद गरिएको छ। दुबै जनालाई पक्राउ गरि थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुरमा पठाइएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जानकारी दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.