चितवनमा साइनोको विशेष सो

चितवनमा साइनोको विशेष सो

चितवन : शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र साइनोलाई चितवनका दर्शकले मन पराएका छन्। लक्की मिडिया हाउसले चितवनमा आयोजना गरेको विशेष सोमा दर्शकले साइनो रुचाएका हुन्। उनीहरूले साइनोलाई मौलिक कथावस्तुको अर्गानिक चलचित्रको संज्ञा दिए।

कार्यक्रममा वरिष्ठ कलाकार तथा चलचित्रकर्मी नीर शाहको प्रमुख आतिथ्यतामा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ, साइनो चलचित्रकी निर्मात्री तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, प्रथम रंगीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो। विशेष सोमा चलचित्र साइनोका मुख्य कलाकारहरू नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोखरेललगायतका निर्माता निर्देशकको पनि उपस्थिति थियो।

चलचित्र साइनो हेरेपछि वरिष्ठ चलचित्रकर्मी नीर शाहले चलचित्र शुद्ध नेपालीपनको बनेको प्रतिक्रिया दिए। उनले यस चलचित्रबाट सम्भावना बोकेको निर्देशक र नवनायक भित्रिएको बताए। वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मूलधारको नेपाली फिल्म हेरेको बताए। विशेष सोमा उपस्थित कलाकार तथा चितवनमा विशिष्ट व्यक्तिले चलचित्र साइनो राम्रो बनेको बताउँदै सफलताको कामना गरे।

चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्रीलगायतका कलाकारको अभिनय छ।

चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन्। शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र वनिश शाहको सम्पादन छ। मोफसलका विभिन्न स्थानमा अहिले साइनो चलचित्रले प्रचारप्रसार तीव्र बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.