हातहातै रोजगारी

हातहातै रोजगारी

मुलुकभर अहिले ६ वटा विश्वविद्यालयले इन्जिनियरिङको पढाइ सञ्चालन गरिरहेका छन्।


काठमाडौं : रविन श्रेष्ठ एक अन्तर्राष्ट्रिय संस्थामा सिभिल इन्जिनियरको रूपमा कार्यरत छन्। इन्जिनियरिङको आठौं सेमेस्टर पढ्दै गर्दा २०७२ सालमा मुलुकमा ठूलो भूकम्प आयो। धेरै धनजनको क्षति भयो। लगत्तै पुनर्निर्माणका लागि विदेशी तथा स्वदेशी संस्थाहरू सक्रिय भए, लगानी पनि प्रशस्तै भित्रियो। सोही क्रममा श्रेष्ठलाई पनि रोजगारीको अफर अयो। पढाइ सक्नेबित्तिकै उनी सिभिल इन्जिनियरको रूपमा सिन्धुपाल्चोक खटिए। अहिले मासिक ५० हजार रुपैयाँ उनको आम्दानी छ।

अन्य संस्थाबाट पनि रोजगारीको अफर आइरहेको छ। भन्छन्, ‘सुरुमा इन्जिनियर पढ्दा रोजगारी पाइन्छ कि पाइँदैन भन्ने ठूलो चिन्ता थियो। तर पढाइ सकिनेबित्तिकै रोजगारीमा लाग्न पाएँ, खुसी छु।’ रामहरि श्रेष्ठले पनि विज्ञान विषयमा दस जोड दुईको पढाइ सकेपछि थप अध्ययनका लागि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) विषय रोजे। उनी अहिले पाँचौं सेमेस्टर पढिरहेका छन्। तर एक सूचना प्रविधि (आईटी) सम्बन्धी कम्पनीमा रोजगारीमा पनि लागेका छन्। उनी बिहान कलेज पढ्छन्। दिउँसो रोजगारीमा जान्छन्। मासिक ३० हजार रुपैयाँ उनी जागिरबाट कमाउँछन्। सुरुमा कलेज भर्ना हुँदा पढाइ खर्च जुटाउन सकिँदैन कि भन्ने त्रासमा रहेका उनी अब भने आफ्नै कमाइले पढाइ पूरा गर्न सक्ने अवस्थामा पुगेका छन्।

‘अहिले त थुपै्र संस्थाबाट रोजगारीको प्रस्ताव आएको छ। तर पढाइ पूरा नगरी धेरै ठाउँमा जागिर नखाने योजना बनाएको छु’ श्रेष्ठ भन्छन्। बीसीएको पढाइ पूरा गर्दासम्म झन्डै पाँच लाख रुपैयाँ श्रेष्ठले लगानी गर्नु पर्नेहुन्छ। ‘तर अब यो पैसा तिर्न कुनै समस्या छैन मलाई’ श्रेष्ठ भन्छन्, ‘पढाइ र रोजगारीलाई सँगसँगै लैजान केही कठिन त हुन्छ। तर दुःख गर्ने बेला यही हो भनेर दुवै कामलाई सँगसँगै अघि बढाइरहेको छु।’

कुनै बेला बेरोजगार इन्जिनियरको संख्या बढ्न थालेपछि उनीहरूलाई व्यंग्य गर्दै भन्ने गरिन्थ्यो , ‘धरहराको टुप्पोबाट कसैले ढुंगा हान्यो भने त्यो ढुंगा इन्जिनियरलाई नै लाग्छ।’ यसको मतलव थियो, बेरोजगार इन्जिनियरहरू बजारमा यत्रतत्र छरिएर भौंतारिरहेका छन्। तर अब त्यस्तो अवस्थाको अन्त्य भएको एसोसियसन अफ इन्जिनियरिङ कलेज अफ नेपाल (एकोन) का महासचिव तथा सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजका प्राचार्य रमेश श्रेष्ठ बताउँछन्। रोजगारीका लागि प्रशस्त सम्भावना भएका कारण पछिल्लो वर्ष इन्जिनियरिङको पढाइमा विद्यार्थी आकर्षण बढिरहेको छ। अझ स्वदेशमा मात्रै नभएर विदेशमा समेत रोजगारीको ढोका खुला भएका कारण विद्यार्थीबीच यो विषय निकै लोकप्रिय बनिरहेको छ। सूचना प्रविधिको बढ्दो विकास, विद्युत् आयोजनाको तीव्रतर निर्माण, नयाँनयाँ संरचनाको दु्रत विकासलगायतका कारण समग्र इन्जिनियरिङ विधामै लोकप्रियता बढिरहेको छ।

कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङका सञ्चालकसमेत रहेका एकोनका उपाध्यक्ष सुधीर गुरागाईं पछिल्लो समय सूचना प्रविधिसम्बन्धी विषय पढेका विद्यार्थीले पढाइ सक्नेबित्तिकै रोजगारी पाउने गरेको बताउँछन्। नेपाली विद्यार्थी स्वदेशको स्तरीय शिक्षाकै कारण विदेशमा पनि प्रतिष्ठित कम्पनीहरूले रोजगारीमा लैजाने गरेको उनी बताउँछन्।

‘अहिले त जापानले नेपालमा इन्जिनियर छानेर यही सीमित समयको जापानी भाषासम्बन्धी तालिम दिएर रोजगारीमा लैजान थालेको छ’ गुरागाईं भन्छन्, ‘यहाँको स्तरीय पाठ्यक्रम, पढाइ र प्रोजेक्ट वर्क सँगसँगै हुने भएका कारण यहाँको पढाइ स्तरीय पढाइ भएको प्रमाणित हुन्छ।’

छन् समस्या पनि

मुलुकभर अहिले ६ वटा विश्वविद्यालयले इन्जिनियरिङको पढाइ सञ्चालन गरिरहेका छन्। समग्रमा नेपालको इन्जिनियरिको पढाइ एसियामै स्तरीय मानिन्छ। तर स्पष्ट नीति र योजनाको अभावमा अझै पनि यो क्षेत्र रुमल्लिरहेको सगरमाथा इन्जिनियरिङ कलेजका प्राचार्य श्रेष्ठ बताउँछन्।

उनका अनुसार सबै विश्वविद्यालयमा यो विषय पढ्ने विद्यार्थीलाई केन्द्रीकृत परीक्षा प्रणाली लागू गर्ने, विदेशमा स्नातक इन्जिनियरिङ पढ्न जानेलाई पनि प्रवेश परीक्षा सञ्चालन गर्ने पद्धतिको विकास गर्न सकिएमा यो क्षेत्रलाई अझ स्तरीय बनाउन सकिने उनको भनाइ छ। ‘नेपालको प्रवेश परीक्षामा अनुत्तीर्ण भएकाहरू भारत गएर यही विषय पढ्छन्। तर उनीहरू त्यहाँ विशिष्ट श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र लिएर आउँछन् र नेपालमा ख्याति कमाउँछन्’ श्रेष्ठ भन्छन्, ‘भारतमा प्रमाणपत्रको लागि मात्र पढाउने संस्थामा भर्ना भएर प्रमाणपत्र लिएर आउनेहरूलाई नियन्त्रण गर्ने कुनै उपाय नेपालमा छैन। जसले यो पेसाको स्तरीयतालाई दाग लगाएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.