निगम सुधार गर्ने योगेशको पहल : पूर्वसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन

निगम सुधार गर्ने योगेशको पहल : पूर्वसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम सुधार्न 'निगम सुधार समिति' गठन गरेका छन्।  पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो।

समितिलाई  एक महिनाको समय दिइएको छ।  पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो।  सदस्यमा लेखा विज्ञ सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीर संशेर  राई र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका छन्। 

कार्यदललाई नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, नेपाल वायुसेवा निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, 

निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम् व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने, उल्लेखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने, निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्नेछ।

मन्त्री भट्टराईले पत्रकार सम्मेलन गरी पर्यटनको अवस्था र सुधारबारे जानकारी दिए। उनले निजगढ बिमानस्थल पनि आफ्नै कार्यकालमा बनाउने बताए। मन्त्री भट्टराईले भने,' विमानस्थल बनाउने नाममा वन विनाश हुँदैन। विमानस्थल बनाउन आएको हुँ।'

मन्त्री भट्टराईले विमानस्थल बनाउनेबारे लगानी बोर्डसँग कुरा भइसकेको बताए।२०२३ भित्र विमानस्थल संचालनमा आउनेगरी कामको थालनी गर्ने समेत उनले दावी गरे। उनले निगम सुधारका कामलाई तीव्रता दिने बताए। 'एक महिनामा प्रतिवेदन आउँछ। निगमको समग्र सुधार गर्न समिति बनेको हो,' उनले भने।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.