दुर्घटनामा एकको मृत्यु, एक घाइते
![दुर्घटनामा एकको मृत्यु, एक घाइते](https://annapurnapost.prixacdn.net/media/albums/bus-accident_20190722063526_btpkpa1894.jpg)
चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका-२ पिप्लेमा बुधबार दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४० प १५८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३४प ७१६८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो।
दुर्घटनामा घाइते ना ४० प १५८३ नंको मोटरसाइकल चालक कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्का मोटरसाइकल चालक खैरहनी नगरपालिका-६ का ४८ वर्षीय शिवनारायण चौधरी घाइते हुनुभएको छ।
चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था खतरामुक्त रहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)