दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका-२ पिप्लेमा बुधबार दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४० प १५८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३४प ७१६८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो।

दुर्घटनामा घाइते  ना ४० प १५८३ नंको मोटरसाइकल चालक कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

अर्का मोटरसाइकल चालक खैरहनी नगरपालिका-६ का ४८ वर्षीय शिवनारायण चौधरी घाइते हुनुभएको छ। 

चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था खतरामुक्त रहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.