सिभिल अस्पतालमा अब अनलाइनबाटै टिकट

सिभिल अस्पतालमा अब अनलाइनबाटै टिकट

काठमाडौं : सिभिल अस्पताल अनलाइन  टिकट काट्न पाउने व्यवस्था गरेको छ। बिहीबार बिहान अनलाइन टिकट प्रणालीको सुरुवात गरिने अस्पतालका कार्यकारी निर्देशक डा।दीर्घराज आरसीले बताए। पहिलो चरण परीक्षणका रुपमा यो व्यवस्था गर्न लागिएको छ। 

अनलाइनबाट टिकट लिने व्यवस्थाको सुरुवातसाग घन्टौ लाम बसेर टिकट काट्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ।  अब विरामीले लाइनको लागि ४ ठाउँ बस्नु पर्ने बाध्यता हुदैन, ३-४ घण्टा लाइनमा पनि बस्नु पर्दैन,उनले भने, अनलाइनबाट टिकट बुकिङको व्यवस्था गरेका छा्रै।’ 

अब विरामी र आफन्तले घरमै बसेर मोबाइलबाट समेत टिकट काट्न सक्नेछन्। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ। कार्यकारी निर्देशक डा. आरसीले  सानो स्केलबाट सुरुवात गरिने अनलाइन प्रणाली सफल भएका पूर्ण रुपमा लागू गरिने बताए।

‘गाउँबाट आउने मान्छेले अनलाइनबाट काट्न सक्दैन, उनीहरुलाई  पूरानै तरिकाबाट टिकट काट्ने व्यवस्था हुन्छ,’ उनले भने।  सिभिलले प्रभु पे मोबाइल वालेटमार्फत ओपिडी टिकट काट्ने व्यवस्था गरेको हो। सिभिलमा दिनहु १ हजार विरामी उपचारको लागि आउने गरेका छन्।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.