छोरी बलात्कार आरोपमा पक्राउ
![छोरी बलात्कार आरोपमा पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Dpo-Ofs-Nkt--2_20190807145423_V3fupCTtV7.jpg)
नुवाकोट : आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नुवाकोटमा प्रहरीले एक युवकलाई फक्राउ गरेको छ। धादिङ घर भई विदूर नगरपालिकामा डेरा गरि वस्ने एक मजदुर युवकले आफ्नै छोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३७ वर्षिय बावुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णवहादुर पल्लिमगरले जानकारी दिए। मदिराले मातेका आरोपितले यही साउन १७ गते शुक्रवार बिहान २ बजे बलात्कार गरेको दावी गर्दै प्रहरीमा उजुरी परेको छ।
विदुरस्थित जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले उजुरी दिएपछि प्रहरीले वावुलार्ई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख पल्लिमगरले बताए। पक्राउ परेका युवकलाई हाडनाता करणी अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भएको छ।
पक्राउ परेका युवकले आफ्नै १२ वर्षीया छोरीलाई शुक्रबार राती बलात्कार गरेको उजुरी परेको छ। यस सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)