विप्लव कार्यकर्ता पक्राउ गर्न अछाममा सर्च अप्रेसन

विप्लव कार्यकर्ता पक्राउ गर्न अछाममा सर्च अप्रेसन

अछाम : अछामको पूर्वी क्षेत्रमा विप्लव नेतृत्वको माओवादीका गतिविधि बढेको भन्दै प्रहरीले सर्च अप्रेसन चलाएको छ। विप्लवका गतिविधि नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

विप्लव समूहका कार्यकर्ता लुकेर बसेको हुन सक्ने आशंकामा प्रहरीले जिल्लाको दुर्गम क्षेत्रमा सुरक्षा सर्तकर्ता बढाएको हो। २४ सै घण्टा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका, रामारोशन गाउँपालिका र ढकारी गाउँपालिकाको क्षेत्रमा प्रहरीले निगरानी बढाएको हो।

‘विप्लव कार्यकर्ता भएको जानकारी भएका क्षेत्रमा प्रहरीले गस्ती बढाएको छ। नागरिकसँग समन्वय गरिरहेका छौं। पार्टी परित्याग गरेकासमेत निगरानीमा छन्।’ उनले भने।

विप्लव कार्यकर्ताले वडा कार्यालय र एनसेल टावरमा आगजनी जस्ता गतिविधि बढाए लगत्तै प्रहरीले यस्तो अभियान चलाएको हो। विप्लव कार्यकर्ताले साउन १५ गते जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी गरेका थिए।

असार २२ गते जिल्लाका १२ वटा वडा कार्यालयमा तालासमेत लगाएका थिए। उनीहरूले जेठ २५ गते माथिल्लो कर्णाली आयोजनाको अछामस्थित सम्पर्क कार्यालयमा शक्तिशाली बम विस्फोट गराएका थिए। चैत १२ गते जिल्लाको रामारोशनमा विप्लव कार्यकर्तालाई प्रहरीले घेराबन्दीमा पारेपछि दोहोरो फाइरिङ समेत भएको थियो।

उक्त स्थानबाट ४ जना कार्यकर्ता समातिएका थिए। गाउँगाउँमा विप्लव कार्यकर्ताले आफ्ना गतिविधि बढाएपछि जिल्लास्थित सुरक्षा समितिको बैठक समेत बसेको छ। बैठकले सुरक्षा योजना तयार परेको छ। आवश्यक जनशक्ति माग गर्ने, सबै स्थानीय तहमा चौकिदार राख्न अनुरोध गर्ने लगायतका निर्णय भएका छन। सुरक्षा समितिले विप्लव कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य निशाना बनाउन सक्ने निष्‍कर्ष निकालेको छ।

जनप्रतिनिधिलाई आफ्नो सुरक्षामा ध्यान दिन प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले आग्रह गरेका छन। उनले भने ‘जिल्लाका जनप्रतिनिधिले सुरक्षित रहन अनुरोध गर्दछु’ उनीहरुले अहिले मुख्य निशानामा जनप्रतिनिधिहरुलाई बनाए छन्।

यस्तै प्रहरी गस्ती टोलीले जिल्लाको तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ६ रानीबनका विप्लव कार्यकर्ता जनक न्यौपानेलाई दैलेखको टुनीबगरबाट अछाम आउदै गर्दा शनिबार पक्राउ गरेको छ। पक्राउ परेका न्यौपाने विप्लव समूहका तुर्माखाँद गाउँ कमिटी ईन्चार्ज भएको डिएसपी शाहीले बताए। उनलाई तुर्माखाँदमा रहेको एनसेन टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.