खेलाडीले अझै पाएनन् पुरस्कार

खेलाडीले अझै पाएनन् पुरस्कार

धनगढी : २०७५ सालको चैत १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको पुरस्कार राशि पाँच महिनासम्म पनि खेलाडीले पाएका छैनन्। फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेट गरी चारवटा विधामा भएको मुख्यमन्त्री कपमा प्रथम, द्वितीय र तृतीय हुने टिमका खेलाडीहरूले पुरस्कारको राशि नपाएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सालको चैत १ देखि धनगढीमा पहिलो मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, महिला क्रिकेट, फुटबल र ब्याडमिन्टनमा स्वर्ण पदक जित्दै सातै प्रदेशमा पहिलो भएको थियो। विजेतालाई दिने भनिएको १५ लाख रुपैयाँ पुरस्कार राशि खेलाडीले अहिलेसम्म पनि नपाएका हुन्।

‘हामीले अहिलेसम्म पहिलो भएको १५ लाख रकम पाएका छैनौं, कति पटक सामाजिक विकास मन्त्रालयमा गइसक्यौं, हुन्छ हुन्छ भन्छन्, तर खै अहिलेसम्म सुको पाइएको छैन’ सुदूरपश्चिम प्रदेशकी महिला क्रिकेट टोलीकी कप्तान जानकी भट्टले भनिन्। ‘कहिले खेलाडी कल्याण कोष बनाउने भन्छन्, कहिले केही भन्छन्’ उनले भनिन्।

उनको कप्तानीमा रहेको महिला क्रिकेट टोली प्रथम भएको थियो। खेलाडीले सामान्य रूपमा पाउने पहिलो, दोस्रो र तेस्रो पुरस्कार, खेलअनुसार त्यतिबेला नै पाएकोमा रनिङ सिल्डबापतको रकम भने नपाएका हुन्। प्रदेश सरकारले, दोस्रो र तेस्रो हुने टिमलाई दिने भनिएको १० लाख र पाँच लाख रुपैयाँ भने सम्बन्धित प्रदेशको सामाजिक मन्त्रालयको खातामा पठाइदिएको छ।

तर, अहिले १५ लाखको हकदार सुदूरपश्चिम प्रदेशका खेलाडीले भनी पाँच महिना बितिसक्दा पनि उक्त रकम नपाएको गुनासो गरेका हुन्। ‘हामीले मेहना गर्‍यौं, गोल्ड मेडल पनि ल्यायौं तर अहिले पहिलो भएको १५ लाख पुरस्कार पाइएको छैन’ १९ वर्षमुनिको ब्याडमिन्टनमा स्वर्ण जितेका देवराज रानाले भने। उनले खेलाडीले मेहनत गरेकै कारण सुदूरपश्चिम प्रदेश पहिलो हुन सफल भएकोमा त्यो १५ लाखको पुरस्कार राशि खेलाडी, कोच र टिम म्यानेजरलाई बाँड्नुपर्ने बताए।

सुदूरपश्चिम प्रदेशले आयोजना गरेको प्रथम मुख्यमन्त्री कपमा फुटबलमा पनि सुदूरपश्चिमले गोल्ड पाएको थियो। ‘फुटबल आफैंमा कति खर्चिलो खेल हो, प्रतियोगिताभरि खेलेर ५÷७ हजार मात्रै पाएकोमा पहिलो भएर १५ लाखबाट केही रकम पाइएला भन्ने आशा थियो तर पाँच महिनासम्म त्यसको कुनै टुंगो छैन’ सुदूरपश्चिम प्रदेशका फुटबल टोलीका कप्तान गजेन्द्र शाहीले भने।

दोस्रो र तेस्रो हुने प्रदेशको रकम पठाइसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले, पहिलो भएको सुदूरपश्चिम प्रदेशको १५ लाख रकममध्ये कर कट्टा गरेर ११ लाख २५ हजार रकम, साउन २० गते मात्रै क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाएको जनाएको छ। ‘हामीले पहिलो हुने प्रदेशको पुरस्कार राशि १५ लाखमा कर कट्टा गरी ११ लाख २५ हजार क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाइदिएका छौं, अब प्रदेश सरकारले त्यो रकम खेलाडीलाई बाँड्ने वा कल्याणकारी कोष बनाउने निर्णय देला’, सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने।

उनले प्रदेश सरकारले नै प्रतियोगिता आयोजना गरेकाले उसले ने त्यो रकम के गर्ने निर्णय गर्नुपर्ने बताए। ‘छिट्टै क्याबिनेटको बैठक बसेर कुनै न कुनै निर्णय गर्ला’ उनले भने। पहिलो पटक आफ्नै प्रदेशमा आयोजना भएको प्रतियोगितामा पहिलो भएर पनि पुरस्कार राशि नपाएको भन्दै खेलाडीहरू निराश भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.