कलंकी–महाराजगंज सडक विस्तार : चक्रपथको बाँकी निर्माण फागुनदेखि

कलंकी–महाराजगंज सडक विस्तार : चक्रपथको बाँकी निर्माण फागुनदेखि

काठमाडौं : चक्रपथको कलंकी–महाराजगंज सडकखण्ड विस्तारका लागि फागुनसम्म सडकको सीमा क्षेत्र (राइट अफ वे) खाली गरिने भएको छ। कलंकी–कोटेश्वर खण्डमा सडक सिमांकन खाली नगरी ठेक्का लगाइएकाले तोकिएको समयमा विस्तार हुन सकेको थिएन।

कलंकी–महाराजगंज सडक निर्माण भएका भौतिक संरचना नहटाइ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगर्ने अडानमा चीन छ। कलंकी–महाराजगंज खण्डको साढे आठ किलोमिटरको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना हटाएर फागुनसम्ममा चीन सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए। चीनलाई सडक हस्तान्तरण गरिएपछि उसले डीपीआरको प्रक्रिया अघि बढाउनेछ।

सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वर सडक विस्तार भइसकेको छ। साढे १० किलोमिटर कलंकी–कोटेश्वर सडक आठ लेनमा विस्तार गरिसकिएको छ। चीनको सांघाइ कन्स्ट्रक्सन ग्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो। २०७३ मागसम्म विस्तार सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो। सडकको सीमा क्षेत्र खाली नगरि ठेक्का लगाइएको यो सडक निर्माण गर्न पाँच वर्ष लागेको थियो। ‘कलंकी–कोटेश्वर खण्डमा भएको गल्ती चीन दोहो¥याउन चाहँदैन। साइट क्लियर नभएसम्म डीपीआर नगर्ने चीनको अडान छ’, अर्यालले भने, ‘सडक विभागको पनि साइड क्लियन नगरी ठेक्का नलाउने नीति छ।’ कलंकी–महाराजगंज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र खाली हुनुपर्ने चीनको अडान छ।

सीमा क्षेत्र खाली गर्न आयोजनाले प्रक्रिया अघि बढाइसकेको छ। आयोजनाले जेठमा सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम ‘राइट अफ वे’ क्लियर गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ।

सडकको केन्द्र विन्दुबाट दायाँबायाँ दुवैतर्फ ३१ र ३१ मिटरसम्मको सडक सीमामा रहेका संरचना हटाउनुपर्नेछ। सडक सीमाभित्र स्थायी वा अस्थायी संरचना (घर, टहरा, घुम्ती, बिग्रिएका सवारीसाधन, हार्डवेयर पसलका सामान तथा अन्य प्रकृतिका पसल) राख्न निषेध गरिएको छ। आयोजनाले साइट क्लियर गर्न सहयोग विद्युत् प्राधिकरण, खानेपानी, ढललगायत पत्र काटिसकेको छ। सडक सीमाभित्र पर्ने बिजुलीका पोल हटाउन विद्युत् प्राधिकरणलाई १० करोड ७२ लाख रुपैयाँ विनियोजन गरिसकेको छ। खानेपानीको पाइप व्यवस्थापन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडले लागत अनुमान तयार गर्दै छ।

सुरक्षा निकायको संरचना भत्काउनुपर्ने

कलंकी–महाराज सडक खण्डको सीमा क्षेत्रभित्र नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भौतिक संरचना निर्माण गरेका छन्। सीतापाइलेमा आर्मीको ब्यारेकले चक्रपथको जमिन मिचेको छ। हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प पनि सडक सीमाभित्र छ। यस्तै बसुन्धारास्थिति प्रहरी चौकी पनि सडक क्षेत्रभित्र छ।

यस्तै सडक विस्तारका लागि गंगबु बसपार्कको आकाशे पुल र श्वयम्भु महा चैत्यलगायत संरचना निर्माण भएका छन्। सेनाको ब्यारेकले ओगटेको पर्खलको विषयमा बिहीबार छलफल हुने योजनाले जानकारी दिएको छ। विस्तारका लागि ६२ मिटर सडक खुला बनाउनुपर्छ। ५० मिटरमा चीनले सडक बनाउनेछ। बाँकी १२ मिटरमा योजनाले सर्भिस ट्र्याक निर्माण गर्छ।

१९ सय रूख काट्नुपर्ने

सडक खाली गर्न १९ सय रूख काट्नुपर्छ। यी रूख सडक विभागको जमिनमा पर्ने भएकाले कटान गर्न समस्या आउने छैन। वन क्षेत्रमा पर्ने रूख काट्न भने वन मन्त्रालय र वन विभागको स्वीकृति लिनुपर्ने हुन्छ। आयोजनाले लिलामीका माध्यमबाट रूख कटान गर्ने तयारी गर्दै छ। यसका लागि जिल्ला वन कार्यालय, काठमाडौंको सहयोगमा अनुमानित लागत तयार हुँदै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.