आकासियो सुनको भाउ, बिहीबार ५ सयले बढ्यो

आकासियो सुनको भाउ, बिहीबार ५ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

साउन ३ गतेदेखि उकालो लागेको सुनको भाउ साउन १६ गतेसम्म घट्ने र बढ्ने क्रम जारी रह्यो।साउन १७ गतेदेखि सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ।१७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भयो।

यस्तै, साउन १९ गते फेरी तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भयो। एकै दिन १५ सय रुपैयाँले बढेर साउन २० गते सुन तोलाको ६७ हजार ८ सय कायम भयो।

यस्तै, मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका-चीन व्यापार युद्धका कारण सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य आकासिएको हो। सुन भाउ निरन्तर बढ्न थालेपछि नेपाली बजारमा सुनको कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.