सांसदलाई एसी नभएको चिन्ता !

सांसदलाई एसी नभएको चिन्ता !

काठमाडौं : सांसद सुजता परियारले केही दिनदेखि संसद् भवनमा एसी नचलेकाले गुम्सिएर बस्नुपरेको बताएकी छन्। 

नयाँ बानेश्वरमा रहेको संसद भवनको बैठक स्थलमा एसी नचलेको भन्दै परियारले आपत्ति जनाइन्। बिहीबार बसेको संसद बैठकको शून्य समयमा उनले संसद सचिवालयले लापरवाही गरेको आरोप लगाइन्। 

‘केही दिनदेखि एसी चलेको छैन। यस्तो गर्मीमा गुम्सिएर बस्नुपर्छ’, उनले भनिन्, ‘सुनिन्छ अहिले एसीमा पानी छैन रे !  सचिवालयबाट लिएको भाडाले पानी किन्न नसकेको पानी पेट्रोलभन्दा महँगो भएको हो।’

 
उनको यो भनाइप्रति सामाजिक सञ्जालमा भने चर्को आलोचना भइराखेको छ। जनताको सेवाका लागि निर्वाचन जितेका सांसदले सेवासुविधाको मात्र चिन्ता गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रतिक्रिया छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.