कारमा आगो किन लाग्छ ?
काठमाडौं : गर्मीमा कारमा आगो लाग्ने सम्भावना बढी हुन्छ। विशेष गरी सीएनजी सञ्चालित कारमा खतरा बढी हुन्छ। सावधानी अपनाउन पनि सकिन्छ। समयसमयमा गाडीलाई मेन्टिनेन्स गराउनुपर्छ। आधिकारिक विक्रेतामार्फत ऐसेसरिज लिनुपर्छ।
कार चलाउन करिब २० हजार पुर्जालाई तयारी अवस्थामा राख्नुपर्छ। धेरैजसो अवस्थामा मानिस आधिकारिक विक्रेताकोमा नगएर बाहिर अरु स्थानमा काम गर्छन्। धेरैले कार किनेपछि बाहिरबाट एसेसरिज किन्छन्। जसमा स्टेरियो सिस्टम, सेक्युरिटी सिस्टम, हेड ल्याम्प र रिभर्स पार्किङ सेन्सर हुन्छन्। बजारमा मेकानिक्स कतिपय अप्रशिक्षित हुन्छन्। यस्तोमा एसेसरिज फिट गर्दा तारहरूलाई खुला छोड्दिन्छन्। ठिक तरिकाबाट जोड्न उनीहरू असमर्थ हुन्छन्। जसकारण सर्टसर्किट हुने सम्भावना हुन्छ।
कारमा सीएनजी र एलपीजी किट आधिकारिक विक्रेताबाट नै लगाउनुपर्छ। यस्तो नगर्दा किट फिट गर्ने बेलामा लिकेजको खतरा हुन्छ। कारको इन्धन आफैंमा ज्वलनशील हुन्छ। यसरी लिकेज भइहाल्यो भने आगो लाग्ने सम्भावना हुन्छ। कम्पनी फिट सीएनजीमा सबैभन्दा पहिले सिलिन्डरमा ओटोमेटिक रेगुलेटर लगाउनुपर्छ। लिकेज वा कुनै समस्याको अवस्थामा चेकवाल कुनै पनि खुला हुनसक्छ। सिलिन्डरबाट सबै ग्यास आउँछ। योभन्दा ठूलो दुर्घटना कुनै हुँदैन।
कतिपय कम्पनीको फ्री सर्भिसिङ सकिएपछि अप्रशिक्षित मेकानिक्सबाट सर्भिसिङ गराउनुपर्ने हुन्छ। मेकानिक्सले सर्भिसिङका क्रममा गल्ती गर्न सक्छन्। जसको कारण पनि आगलागी हुनसक्छ।
कारमा आगो लाग्ने स्थितिमा सबैभन्दा पहिले कारमा इलेक्ट्रिकल युनिट जाम हुन्छ। पावर विन्डो, सिट बेल्ट और सेन्ट्रल लकिङ सिस्टम पनि फेल हुन्छन्। यसले कारबाट बाहिर निस्कन समस्या हुन्छ।