तटबन्ध नबन्दा बाढीको त्रास

तटबन्ध नबन्दा बाढीको त्रास

गौर : बागमती तथा लालबकैया नदीमा आएको बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा नदी किनार आसपासका वासिन्दा बाढीको त्रासमा छन्।  भत्किएका तटबन्धको छेउबाट कुनै पनि बेला गाउँमा बाढी पस्नसक्ने भन्दै स्थानीयले तत्काल तटबन्ध मर्मत गर्न माग गरेका छन्। 

लालबकैया नदीमा आएको बाढीले दुवैतर्फ नौ स्थानमा तटबन्ध भत्काएको थियो।  भत्काएको तटबन्ध मर्मत नहुँदा पुनः बाढी आए बस्तीमा पस्ने खतरा छ।  दवै नदीले बगाएको तटबन्ध मर्मतका लागि ५ करोड स्टमेट गरी उर्जा तथा सिंचाई मन्त्रालयमा पठाएको नदी नियन्त्रण कार्यालयले जनाएको छ।  व्यवस्थित रुपमा तटबन्ध निमार्ण गर्न करिब १३ करोड आवश्यक पर्ने कार्यालयले अनुमान गरेको छ। 

असारको अन्तिम साता लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाको महादेवपटीमा ३२ मिटर, देवाही गोनाहीको दोहरटोलमा दुई सय २५ मिटर, करुनियामा ४२ मिटर, कटहरियामा एक सय ५५ मिटर, बुनियादटोलमा ३७ मिटर, लक्ष्मिपुरमा २७ मिटर, तेजापाकडमा ४ सय ४२ मिटर, इनर्वाटोलमा ६० मिटर र वैरियामा दुई सय मिटरगरी करीव एकहजार दुई सय मिटर बढी तटबन्ध भत्काएको छ।  सर्लाही र रौतहटको सीमानामा बग्ने बागमती नदीले रौतहटतर्फ लगाएको गढीमाई नगरपालिकाको लक्ष्मिपुरमा ३९ मिटरमा बाँध कटान गरेको छ।  यस्तै राजदेवी नगरपालिकाको ब्रम्हपुरी, बसतपुरटोल तथा दुर्गाभगवती गाउँपालिकाको बडहर्वा र मत्सरी टोल नजिकै तटबन्ध र स्परहरु कटान गरेको छ। 

स्पर र तटबन्ध कटान गरेको ठाउँमा स्थानीयले अस्थायी समाधानका लागि डोरी र बोरामा ढुंगामाटो राखेर मर्मत गरिरहेका छन्।  नदीले भत्काएको स्परहरुको मर्मत भैरहेको बौधीमाई नपालिकाका प्रमुख रवीरंजन यादवले बताए।  तटबन्धमा बढी क्षती हुन नदिन अस्थायी रुपमा प्लाष्टिकको जाली र बोराहरु प्रयोग गरेर नदीको धार फर्काउने काम भइरहेको प्रमुख यादवको भनाइ छ। 

यस्तै तेजापाकड टोलमा भत्किएको करिब ४ सय मिटर तटबन्ध पनि अस्थायी रुपमा मर्मत भइरहेको छ।  नदी नियन्त्रण कार्यालयका प्रमुखसँग तटबन्धको माग गर्दा बजेट नभएको बताएपछि अस्थायी रुपमा बाँसको पाइलिग गरी कटान रोक्ने काम भएको पहोरा नगरपालिका प्रमुख शेख वकिलले जानकारी दिए।  तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरे पनि ठूलो बाढीलाई भने थेग्न नसक्ने प्रमुख वकिलले बताए।  बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले नयाँ कार्यालय स्थापना भएको हुँदा पर्याप्त बजेट नभएको बताए।  बाँध र नदी किनारका तटबन्ध मर्मतका लागि सम्बन्धीत निकायमा पत्राचार गरिएको उनको भनाइ छ। 

यता रौतहटका बागमती, झाँझ नदी र डोरी खोलाको बीचमा रहेको दुर्गाभगवती गाउँपालिकालाई बाढी र डुवानबाट बचाउन गाउँपालिका अध्यक्ष अरुणकुमार साह र परोहा नगरपालिका प्रमुख शेख वकिलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलाई तटबन्ध मर्मतका लागि ज्ञापनपत्र बुझाएका छन्।  हुलाकी सडक तथा अन्य सडकमा बाढीले पुर्‍याएको क्षतिको अनुगमन गर्न रौतहट पुगेका मन्त्री महासेठलाई तटबन्ध मर्मतका लागि रकम उपलब्ध गराउन माग गरिएको जनप्रतिनिधिले बताए। 

बाढीले क्षति पुर्‍याएका सडक र तटबन्ध मर्मत नहुँदा आवाजावतमा समस्या भइको नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले गुनासो गरे।  रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सेनाले बागमती, चादी नदीको बाढी जुनसुकै बेला पनि गाउँमा पस्न सक्ने भएकाले बस्ती डुबानमा पर्नुका साथै किसानको खेती नष्ट हुने चिन्ता व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.