पहिरोले सडक बगाउँदा अढाइ घण्टा पैदल

पहिरोले सडक बगाउँदा अढाइ घण्टा पैदल

धनकुटा : एक महिनाअघि स्थानीय साँचा खोलामा आएको पहिरोले भत्काएको मुक्तेन गाउँ जोड्ने सडक अझै संचालनमा आएको छैन।अवरुद्ध सडक संचालनमा नआएपछि यहाँका स्थानीय अढाइ घन्टाको पैदल हिँडेर बजार जान बाध्य छन्।

भेडेटारको नाम्जे, मझुवाहुँदै मुक्तेतसम्म बनेको कृषि सडक‍खण्डको करिब डेढ सय मिटर भाग साँचा खोलामा आएको पहिरोले बगाइ दिएपछि यहाँका स्थानीय डोकोमा तरकारी बोकेरै बढाइ घन्टाक पैदल हिँडेर बजार ल्याउनुपर्ने वाध्यता आएको हो।

पहिरोले सडक बगाउनुभन्दा पहिले यहाँका स्थानीय सवारी साधनबाट करिब २० मिनेटमा नाम्जे बजार आइपुग्थे। तर अहिले हिँडेर तरकारी बोकेर ल्याउनुपर्दा अढाई घण्टाभन्दा बढी समय लाग्ने मुक्तेनका किसान हर्कलाल लिम्बूले बताए।

साँगुरीगढी गाउँपालिका-६ मुक्तेन गाउँमा यतिबेला नास्पाती, सिमी, वोडी, साग, खोर्सानीजस्ता कृषिजन्य वस्तु उत्पादन हुने सिजन हो। यो गाउँका करिब ८० घरपरिवारको मुख्य आम्दानीको स्रोत कृषि नै हो। 

बजारसम्म तरकारी बोकेर ल्याउनुको विकल्प नरहेको उनले बताए। 'तरकारी बोकेर ल्याउँदा भरियालाई प्रतिकिलो ४ रुपैयाँ सम्म ज्याला तिर्नुपर्ने वाध्यता छ,' उनले भने, 'किसानलाई प्राप्त हुने नाफा ढुवानीमा धेरै खर्च हुन्छ।'

यहाँका किसानले तरकारी फलाएरै ६ महिनामा डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन्। अहिले यो गाउँ समेत पहिरोको उच्च जोखिममा छ।

पहिरोकै त्रासका कारण ८÷९ परिवार बसाइ सरी अयन्त्र गएको स्थानीय बताउँछन्। यहाँका किसानले उत्पादन गरेको तरकारी सवारी साधनबाट सोझैं धरानको कृषि बजारमा लैजान्थे। तर अहिले बाटो पहिरोले बगाएपछि अढाई घण्टा पैदल हिँडेर भेडेटार-रवि-राँके सडकसम्म पुर्‍याएर त्यहाँबाट गाडीमा धरान लैजानुपर्ने वाध्यता छ। 

मुक्तेन गाउँ सडकदेखि तल हुँदा त्यहाँका किसानलाई सडकसम्म आइपुग्न उकालो हिँड्नुपर्छ।पहिरो रहेको स्थलबाट वारपार गर्न स्थानीयलाई जोखिम छ। पहिरोले क्षति गरेको स्थल डेढ सय मिटर लामो भएको कारण स्थानीयलाई हिँडडुल गर्न समेत जोखिम रहेको मझुवाका स्थानीय सरोज घागा मगरले बताए।

मुक्तेनका किसानले जोखिम मोलेरै कृषिजन्य वस्तु ल्याउनु पर्ने वाध्यता रहेको छ। उनका अनुसार खोला आसपासका जमिन चर्किएका छन्। अहिले पनि सुख्खा पहिरो गइरहेको छ।

कृषि सडक बगाएको स्थानमा सडक खन्न समेत जोखिम रहेको उनको भनाइ छ।'साचा खोलाको पहिरोले मुक्तेन गाउँको सडक विच्छेद गर्‍यो,' उनले भने, 'यहि पहिरोका कारण भेडेटार-रवि-राँके सडकखण्ड समेत जोखिम बढाएको छ।' उक्त सडकभन्दा तलबाट पहिरो धस्सिएर गएको छ। 

मुक्तेन गाउँसम्म पुग्ने सडक अब नयाँ ट्याकबाट खन्नुको विकल्प नरहेको साँगुरीगढी-६ का वडाध्यक्ष यमप्रकाश मगरले बताए। गोरेटो बाटो खन्नका लागि वडा कार्यालयले नेपाली सेनासँग श्रमदानको लागि अनुरोध गरेको र अब केहि दिनबाट बाटो खन्ने काम सुरु हुने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.