पान नम्बर लिन चार दिन लाइन
धनगढी : सरकारले निजीतथा सरकारी क्षेत्रमा कार्यरत सबै कर्मचारीले अनिवार्य व्यक्तिगत पान नम्बर लिनुपर्ने व्यवस्था गरेपछि आन्तरिक राजस्व कार्यालय धनगढीमा थेगी नसक्नु भिडलागेको छ।
‘चालू आर्थिक वर्षको बजेटमा सरकारले एक हजारभन्दा बढी खर्चकालागि स्थायी लेखानम्बर पानअनिवार्य गर्ने नीतिल्याएको छ’ आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले भने।‘त्यहीअनुरुप असोज भित्र सरकारी तथा गैर सकारी संस्थामा कामगर्ने सबैको अनिवार्य पाननम्बर हुनुपर्ने भनिएको छ।’
तीनहप्ताको अवधिमा आन्तरिक राजश्व कार्यालय धनगढीबाट मात्रै झण्डै नौ हजारले पानलिएका छन्। सुदूरपश्चिममा ४ ठाउँबाट पाननम्बर वितरण हुन्छ। धनगढी, लम्की, महेन्द्रनगर र डडेल्धुराबाट पान नम्बर दिने व्यवस्था गरिएको प्रमुख कर अधिकृत अधिकारीले बताए।
कार्यालयले दिएको जानकारी अनुसार हालसम्म आठ हजार पाँच सयले व्यक्तिगत पानलिएका छन् भने करिव नौ सय व्यापारीले नयाँपाननम्बर लिइ सकेका छन्।
पाननम्बर लिननौ वटै जिल्लाबाट धनगढी पुगेका सेवाग्राहीले भने सेवा छिटो छरितो नहुँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। डोटी सायल गाउँपालिका–५ मा रहेको ओम आधारभूत विद्यालयका शिक्षक मानबहादुर थापाले कार्यालयको व्यवस्थापन पक्ष ककजोर हुँदा पाननम्बर लिन समस्या भएको बताए। ‘सरकारले सबैलाई पाननम्बर अनिवार्य भनेको छ’ उनले भने। ‘कार्यालयमा एकै जनालाई पाननम्बर लिने ४ दिनलाग्ने गरेको छ। यो कसरी सम्भवहोलाभन्दै प्रश्न गरे।’
कार्यालयमाकामगर्ने शैलीले नै व्यवस्थित नभएको कैलालीको कैलारी गाउँपालिका–२ का रमेश घिमिरेले गुनासो गरे। ‘सुदूरपश्चिमका सबै जिल्लाका व्यक्तिहरु पान नम्बर लिन धनगढी पुग्ने गरेका छन्’ उनले भने। ‘तर, कार्यालयमा एकै व्यत्तिको पाननम्बर लिन ४ दिनलाग्ने गरेको छ।’ उनीतीन देखि पान नम्बर लिन आन्तरिक राजश्व कार्यालय धनगढीको लाईनमा छन्। बनेको पान कार्डमा हस्ताक्षर गर्नका लागिपनिदुई घण्टा लाईन बस्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ।
कार्यालयका प्रमख कर अधिकृत गोविन्द्रप्रसाद अधिकारीले दैनिक करिव छ सयदेखि सात सय व्यक्तिगत पान वितरण भैरहेको जानकारी दिए। अन्तशुल्कको ऋण चूक्तादेखि कर चूक्ता, पानलिने सबैको भीड लागेकाले सेवाग्राहीलाई चाँडै पानदिन नसकिएको उनले बताए। पानका लागि एक काउण्टर थप गरेको उनले बताए।
नयाँनीति अनुसार अब सरकारी सेवासहित विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीलाई तलब भत्ता भुक्तानी दिँदासमेत अनिवार्य स्थायी लेखा नम्बर हुनुपर्नेछ। यस अघि निजि संस्थाहरुको मात्र प्यान नम्बर रहने व्यवस्था रहेको तर, यो आव देखि सरकारी संस्थाहरुले पनि अनिवार्य प्यानमा जानुपर्ने कर अधिकृत अधिकारीले जानकारी दिए। आन्तरिक राजश्व कार्यालय धनगढीबाट ३१ वटा सरकारी अड्डाहरुले पान नम्बर लिएका छन्।