झ्यालबाट उछिट्टिएर बाँचे..
निदाएको थिएँ। एक्कासी बस सडकबाट खसेछ। म झ्यालबाट उछिट्एिछु। अनिमात्र थाहा पाएँ। बस हेर्दा हेदै नदीमा डुब्न पुग्यो। बस पल्टिदा पाखामा उछिट्टिएकाहरुको रुवाबासी थियो।
म साहै्र्र आत्तिए। के गर्ने के नगर्ने ठम्याउन सकिन। म किनारामै उछिट्एको थिएँ। खुट्टा भने बेस्सरी दुखेको थियो। रातको समय भएकाले अन्धकार थियो। कतै केही देखिएको थिएन।
दुःखले झार र बुट्टा समाउँदै सडकमा निस्किएँ। अरु बसलाई दुर्घटनाको खबर दिएँ। केही बेरमै प्रहरी आएपछि मलाई अस्पताल पठाइयो।
बसका सबै सिटमा भरी यात्रु थियौँ। कतिलाई के भयो केही थाहा छैन। म भने झ्याल खुलै भएकाले बस खस्दा बाटोमै झरेँ। मलाई मेरो भाग्य दह्रो रहेछ भन्ने लागेको छ। खोलामा पसेको भए बाँच्ने सम्भावनै थिएन। दिन नपुगेकाले होला बचेँ। आज नयाँ जीवन पाएको अनुभूति भएको छ।
(गजुरीस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार गराइरहेका सर्लाही मलङगवा ३ का दिनेश ठाकुरसँग मनिष दुवाडीले गरेको कुराकानीमा आधारित)