कांग्रेस र कम्युनिस्टकाे विकल्पमा राप्रपा : कमल थापा

कांग्रेस र कम्युनिस्टकाे विकल्पमा राप्रपा : कमल थापा

धुलिखेल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिँड्नु राप्रपाकाे संवैधानिक अधिकार भएको बताएका छन्। प्रशिक्षण विभागद्वारा धुलिखेलमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यसाे बताएका हुन्।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा थापाले आपत्ति समेत जनाए।  थापाले  पटक-पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने दृढता समेत प्रकट गरे।

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक लगायतले एजेन्डा सहि भएपनि कार्यकर्ता तहलाइ पार्टीको विचार, सिद्धान्त बारे बुझाउन आवश्यक रहेकाले यस्ता प्रशिक्षण कार्यक्रम फलदायी हुने बताएका छन्।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाल लगायतले प्रशिक्षण दिने सहायक प्रवक्ता तथा प्रशिक्षण विभागका सदस्य सचिव रामानन्द न्यौपानेले बताएका छन्। प्रशिक्षण दुई दिन चल्ने र प्रशिक्षक प्रशिक्षण पश्चात जिल्ला तह गएर सबै प्रशिक्षकले प्रशिक्षण दिने न्यौपानेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.