हङकङको एयरपोर्टभित्रै भव्य प्रदर्शन
हङकङ : हङकङमा आन्दोलनरत ‘प्रो डेमोक्रेसी एक्टिभिस्ट’ले अब यहाँको विमानस्थलमै प्रदर्शन गर्न थालेका छन् ।
शुक्रबार उनीहरुले विमानस्थलमै भव्य प्रदर्शन गरिरहेका छन् । तेस्रो महिना भइसक्दा पनि माग पूरा नहुँदा उनीहरु विमानस्थलमै पुगेर प्रदर्शन गरेको बताएका छन् ।
प्रदर्शनमा कालो रंगका सर्ट लगाएका सयौं आन्दोलनकारी अहिले पनि चेक ल्याप कक एयरपोर्टको प्रवेशद्वारमै उपस्थित भएर प्रदर्शन गरिरहेका छन् । हङकङमा जारी प्रदर्शनमा संलग्न आन्दोलनकारीहरुलाई चीनले भने पटक पटक धम्की दिँदैआएको छ ।