धाननाच जोगाउने चिन्ता

धाननाच जोगाउने चिन्ता

तेह्रथुम : सोल्टी सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाती गोलो घेरा बनाएर नाच्नु लिम्बू जातिको विषेशता हो। विवाह, शुद्धाइ तथा चाडपर्व र मेलामा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ। यो नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो। सुखदुःखको समयमा साइनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै, अघिपछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो।

जातीय चिनारी बोकेको नाच ‘धान नाच’ लोप हुने अवस्थामा छ। मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रीति साट्दै दुःखसुख पोख्ने माध्यमका रूपमा नाचिँदै आएको धान नाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ।

विगतमा यो नाच सात दिन सात रातसम्म नाच्ने प्रचलन थियो। यो नाचमा केटा र केटीले हात समातेर ‘पालाम’मार्फत मनको भाव सुनाउने गर्छन्। पालाम गाउँदै जुहारी खेल्दै गएपछि एकअर्काबीच मन परापर भएमा बिहेसम्म गरिन्छ। तर अहिलेको पुस्ताले यो कुरा बिर्संदै गएकोप्रति अग्रजहरू चिन्तित छन्।

पछिल्लो पुस्तालाई धान नाचसम्बन्धी ज्ञान नभएकैले चासोक तङ्नाममा धान नाच नाचिने गरिएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष गगेशकुमार सेनेहाङले बताए। भने, ‘अहिलेका नयाँ पुस्तालाई धान नाच्नै आउँदैन। धान नाच के हो भन्ने नै थाहा छैन। यसले गर्दा लिम्बूहरूको सांस्कृतिक नाच धान नाचको संरक्षण गर्न कठिन छ।’

परापूर्व कालमा धान पाकेको समयमा सबै गाउँले भेला भएर एकै ठाउँ खलामा धान माडिने गरिएको र छेउछाउमा आएका चराचुरुंगीलाई धपाउन ‘हा...हा... हा...’ गरेर धपाइन्थ्यो। यसरी धान खाने चरालाई धपाउँदा धपाउँदै धाननाच सुरु भएको किंवदन्ती रहेको लिम्बू संस्कृतिविद् म्याङ्लुङ–६, जिरिखिम्तीमा ९१ वर्षीय भर्तबहादुर सिंजागूले बताए। ‘त्यही धाननाच मायाप्रीतिको भाका साट्ने माध्यमका रूपमा विकास हुँदै गएको हो’, उनले भने।

बसाइँसराइ र वैदेशिक रोजगारीले युवा पुस्तामा धान नाचसम्बन्धी ज्ञान नभएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय पार्षद् सदस्य कृष्णमान तुम्बाहाम्फेले बताए। ‘लिम्बू जातिको पहिचानलाई जीवन्त राख्न भाषा, लिपि, संस्कृतिको जगेर्ना गर्न आवश्यक छ’, उनले भने। आफ्नो प्रेमिल भाव व्यक्त गर्दै नाचिने यो नाच संरक्षणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनु आवश्यक रहेको लिम्बू संस्कृति बचाउ अभियानका संयोजक विजय निङ्लेकूले बताए। ‘लिम्बूको संस्कृति जगेर्ना गर्न सरकार उदासीन छ’, उनले भने।

पुस्ता हस्तान्तरण हुन नसक्दा पछिल्लो समय यो धाननाच लोप हुने अवस्थामा पुगेको लागीगुराँस नगरपालिकाका प्रमुख अर्जुबाबु. माबुहाङले बताए। ‘प्रत्येक आर्थिक वर्षमा धाननाच संरक्षणका लागि नगरपालिकाबाट रकम विनियोजन हुँदै आएको छ’, उनले भने, ‘यसले थोरै भए पनि मौलिक संस्कृति संरक्षणमा टेवा पुगेको छ।’

धाननाच पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, पाँथचर, इलाम, ताप्लेजुङ लगायतका पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू समुदायले नाच्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.